दमक/ ईलामका लिम्बु दम्पती लागुऔंषध ब्राउनसुगर सहित दमकबाट पक्राउ परेका छन् । प्रहरीले इलाम महमाई(१ घर भई दमक(१ फाल्गुनन्द चौकमा डेरागरी बस्ने २५ वर्षीय सन्तोषकुमार एक्तेन लिम्बु र श्रीमती २४ वर्षीया सनिता राईलाई लागुऔषध ब्राउनसुगर सहित बुधवार राती पक्राउ गरेको हो । कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाए अनुसार इलाका प्रहरी कार्यालय दमक र अस्थायी प्रहरी पोस्ट फागुनन्दको टोलीले दम्पती बसेको कोठामा छापा मार्दा उनीहरु पक्राउ परेका हुन् । दम्पतीको कोठामा खानतलासी गर्दा ४ ग्राम लागुऔषध ब्राउनसुगर बरामद गरिएको प्रहरीले जनाएको छ ।301237839_775165910202031_1577179248258595507_n

सोही दिन दिउसो लागुऔषध नियन्त्रण ब्युरो काँकडभिट्टा र वडा प्रहरी कार्यालय भद्रपुरको प्रहरी टोलीले भद्रपुर(५ बाट भारतीय नागरिक बिहारका २२ वर्षीय आलिम आलमलाई २ ग्राम १०० मिलिग्राम ब्राउनसुगर सहित पक्राउ गरेको छ । त्यस्तै, विराटनगर(१५ बाट बेलबारीका ३१ वर्षीय अमृत विश्वकर्मालाई नियन्त्रित लागुऔषध एभिल, डाइजीपाम, लुपिजेसीक, र फेनारागन २० एम्पुल सहित लागुऔषध नियन्त्रण ब्युरो विराटनगरको टोलीले पक्राउ गरेको हो ।