धरान÷ साउनको पहिलो सोमबार सुनसरीका धरान १४ स्थित पिण्डेश्वर महादेवको मन्दिरमा बोलबम भक्तजनहरुको घुँइचो लागेको छ । पिण्डेश्वर बाबाधाम समितिका अनुसार पहिलो सोमबार भएपनि आइतबार रातीदेखि नै भक्तजनहरु आउन थालेका थिए । जल चढाउने भक्तजनहरुको अत्यधिक भिडको कारण बिहान करिब २ बजेतिर नै मन्दिरको ढोका खोलिएको बाबाधाम समितिका अध्यक्ष विकास वनेपालीले जानकारी दिए । उनका अनुसार बोलबमको पहिलो दिन करिब ५० हजार भक्तजनहरुले जल चढाएको अनुमान गरिएको छ ।

301237839_775165910202031_1577179248258595507_n

पहिलो सोमबार नै भक्तजनहरुको घुँइचो भएपछि बाँकी रहेको सोमबार झनै बढ्ने अपेक्षा गरिएको छ । पिण्डेश्वरमा जल चढाउन धरानका स्थानीय भक्तजन र बाहिरका विभिन्न जिल्लाहरुबाट बोलबम तीर्थयात्रीहरु आएका थिए । पहिलो दिन अर्चना बाबाका भक्तजनहरु पनि ठुलो संख्यामा आएका थिए । भक्तजनहरुलाई धरानका विभिन्न संघसंस्थाहरुले निःशुल्क पानी, स्वास्थ्य शिविर, फलफुल वितरण र खाजा पनि वितरण गरिएको थियो । यस्तै, मन्दिर परिसरमा सरसफाई गरिएको थियो । वडा नं १४ का अध्यक्ष कृष्णप्रसाद भट्टराईले भक्तजनहरुलाई सहजरुपमा जल चढाउन पाउने गरी व्यवस्थित गर्न निरन्तर पहल गरिरहेको बताए । आउदो सोमबार अझ व्यवस्थित हुने अध्यक्ष भट्टराईको भनाई छ । 

हिन्दु धर्मावलम्बीहरुका आराध्य देव शिवको प्रिय महिना, बार साउन र सोमबारलाई मानिन्छ । साउनमा पवित्र जल चढाउदा मनोकांक्षा पुरा हुने विश्वास छ । विगतमा आइतबार साँझ चतरा जाने र कोशीको पवित्र जल लिएर मध्यराती पदमार्गबाट बोमबाम, बोमबम भन्दै तीर्थयात्रीहरुको  धरान आउँछन् ।