धरान/ मेयर साम्पाङलाई उपमेयर अईन्द्र बेघाले निधारण आगोगले पठाएको पत्रलाई सम्मान गर्न प्रेस विज्ञप्ति मार्फत आग्रह गरेका छन् । धरान उपमहानगरपालिका उपप्रमुख अइन्द्रबिक्रम बेघाले नगर प्रमुख हर्क साम्पाङलाई महसुल निर्धारण आयोगको परिपत्रलाई सम्मान गर्न आग्रह गरेको हो ।

प्रेस विज्ञप्ति मार्फत परिपत्र लागु गर्न सम्बन्धित पक्षहरू झिकाई वार्ता, संवाद र छलफलको माध्यमबाट समस्याको समाधान गर्न खानेपानी बोर्डका अध्यक्ष, तथा नगर प्रमुख साम्पाङलाई उपमेयर बेघाले अनुरोध गरेका हुन् ।

301237839_775165910202031_1577179248258595507_n

खानेपानीको शुल्क वृद्धि खारेजीको माग सहित दलहरूको आन्दोलनप्रति गम्भीर ध्यानाकर्षण भएको उल्लेख गर्दै दलहरूलाई वार्तामा बोलाउन आग्रह गरेका हुन । विज्ञप्तिमा धरानको पछिल्ला समयको विकसित घटनाक्रम गम्भीर भएको उल्लेख गर्दै खानेपानी महसुल वृद्धि विरुद्धको विषयलाई लिएर धरानका नागरिकहरूले गरेको आन्दोलन खानेपानी व्यवस्थापन बोर्डको कार्यालय हुँदै धरान उपमहानगरपालिकाको गेट सम्म आइपुगेको बताएका छन् ।

upamayor-letter

‘आपसी द्वन्द्वले विकास र समृद्धिको अभियानलाई अवरोध गर्दछ । यो धरान उपमहानगरपालिकाको हित विपरीत छ।’ त्यसैले सबै पक्ष संयम र जिम्मेवार भएर धरानको हालको समस्याको व्यवस्थापन गर्नु लागौँ । उपमेयर बेघाले विज्ञप्तिमा भनेका छन् । धरानको आन्दोलनरत नागरिकको भावना र खानेपानी तथा सरसफाइ सेवा महसुल निर्धारण आयोगको परिपत्रलाई सम्मान गर्दै सम्बन्धित पक्षहरूसँग अविलम्ब संवाद र छलफलको माध्यमबाट समस्याको समाधान गर्न विज्ञप्ति मार्फत उपमेयर बेघाले मेयर साम्पङलाई आग्रह गरेका छन् ।