धरान/ तेस्रो आमन्त्रित अन्तराष्ट्रिय सञ्जीवनी फुटसल प्रतियोगिता २०८१ हुने भएको छ । आईतबार पत्रकार सम्मेलन गरी सञ्जीवनी केन्द्रले अन्तर्राष्ट्रिय आमन्त्रित फुटसल प्रतियोगिताको आयोजना गरिने जानकारी दिएको हो । प्रतियोगितामा प्रथम हुनेलाई नगद २ लाख सहित ट्रफी मेडल र प्रमाण पत्र प्रदान गरिने आयोजकले पत्रकार सम्मेलन मार्फत जानकारी दिएको छ ।
प्रतियोगिताको तेस्रो संस्करण आउँदो असोज ३ देखी ५ गते सम्म सञ्चालन संस्थाका अध्यक्ष सम्पूर्ण ताम्रकारले पत्रकार सम्मेलनमा बोल्दै जानकारी दिए । प्रतियोगितामा धरान, पोखरा, काठमाडौँ, चितवन, झापा, मोरङ र छिमेकी मुलुक भारतको भुटान, सिलिगुडी, सिक्किम, दार्जिलिङ, ग्यान्टोकबाट जम्मा २२ टिमले भाग लिने आयोजकले पत्रकार सम्मेलनमा जानकारी दिए ।
प्रतियोगितामा यस पटक रिकभरीङ टिमहरूलाई मात्र सहभागी गराइने अध्यक्ष ताम्राकारले जानकारी दिए । दुव्र्यसनीमा फसेका र छुटेका युवाहरूलाई सामाजिकीकरण र भाइचारा सम्बन्ध स्थापित गर्न फुटसल प्रतियोगिता गराउँदै आएकोले उनीहरूलाई प्राथमिकतामा राखिएको अध्यक्ष ताम्राकारले बताए । यस अघिका प्रतियोगीताहरुमा रिकभरी बाहिरका टिमहरूलाई पनि सहभागी गराइएकोमा तेस्रो संस्करण यस पटक बाहिरका टिमलाई सहभागीता नगराउने अध्यक्ष ताम्राकारले पत्रकार सम्मेलनमा जानकारी गराए ।
यस पटको प्रतियोगितामा भेट्रान टिमलाई पनि सहभागी गराइने भएको छ । भेट्रान टिममा ४० वर्ष पुगेका २ जना र बाँकी खेलाडी ४२ वर्ष माथिका हुनुपर्ने आयोजकले प्रेस विज्ञप्तिमा उल्लेख गरिएको छ । यसैगरी रिकभरी महिला टिम महिला टिम पनि प्रतियोगितामा सहभागी हुने बताइएको छ । प्रतियोगिता ३ क्याटोगोरीमा हुनेछ ।
ओपन रिकभरिङ टिम, रिकभरी भेट्रान टिम र रिकभरी महिला टिमको छुट्टाछुट्टै प्रतिस्पर्धा हुनेछ । महिला रिकभरी टिम धरानमा पहिलो पटक प्रतियोगितामा सहभागी हुने भएको हो । प्रतियोगितामा ओपन रिकभरिङ तर्फ विजेतालाई नगद पुरस्कार २ लाख रुपैयाँ र उपविजेता टिमलाई नगद १ लाख रुपैयाँ सहित ट्रफी, मेडल प्रमाणपत्र प्रदान गरिने छ ।
भेट्रानतर्फ प्रथम पुरस्कार नगद ५० हजार, दोस्रो पुरस्कार ३० हजार र तेस्रो २० हजार पुरस्कार र महिला तर्फ प्रथम पुरस्कार २० हजार र दोस्रोलाई १० हजार रुपैयाँ प्रदान गरिने छ । प्रतियोगितामा व्यक्तिगत पुरस्कार उत्कृष्ट खेलाडी र गोलकिपरलाई जनही नगद ५ हजार, ट्रफी र प्रमाणपत्र प्रदान गरिने छ । ओपन रिकभरितर्फ सेमिफाइनलदेखि म्यान अफ द म्याच पुरस्कार प्रदान गरिने छ । प्रतियोगिताको कुल अनुमानित लागत १५ लाख रहेको अध्यक्ष ताम्राकारले जानकारी दिए । सञ्जीवनी केन्द्र युवाहरूलाई लागुऔषध दुव्र्यसनीबाट मुक्त गराउन तथा परामर्शका लागि स्थापना भएको संस्था हो ।
२०६५ सालमा स्थापित सञ्जीवनी केन्द्र धरान(१३ मा सञ्चालित छ । केन्द्रले हाल सम्म धरान, पोखरा, काठमाडौँ, मोरङ, झापा लगायत भारतका विभिन्न स्थानका लागुऔषध दुव्र्यसनीमा फसेका २ हजार भन्दा बढी युवाहरूलाई परामर्श तथा सेवा प्रदान गरेको संस्थाका अध्यक्ष सम्पूर्ण ताम्रकारले बताए ।