धरान/धरान वडा (१३ मा श्रीमानले २६वर्षीया शोभा रनपहेलीलाई श्रीमानले निर्घात कुटपिट गर्दा श्रीमतीको ज्यान गएको छ । धरान का ३६ वर्षीय लक्ष्मी मोतेले २६ वर्षीया आफ्नो श्रीमती शोभा परियारलाई निर्घात कुटपिट गरेका कारण मृत्यु भएको हो । घटना आज शुक्रवार बिहान ५ बजेको समयमा भएको माईतीहरुले बताए । धरान (१३ सुर्यमार्गमा बस्ने श्रीमान् मोतेको निर्घात कुटपिटबाट शोभाको मृत्यु भएको माइती पक्षको दावी छ ।
बिहान मोतेले मेरो श्रीमतीको मृत्यु भयो भन्दै छिमेकीलाई भनेका थिए । मरणासन्न हुने गरी बिहीबार राती कुटपिट गर्दा बेहोस भएकी शोभाको बिहान मृत्यु भएको स्थानीयले बताएका छन् । श्रीमान् मोते आफैले छरछिमेकलाई बताएपछि स्थानीय बासिन्दाले प्रहरीलाई खबर गरेको स्थानीय लक्ष्मी राईले बताइन् । कुटपिटमा संलग्न भएका मृतक शोभाका श्रीमान् लक्ष्मी मोते जेठानी दिदी शर्मिला मोते र सासुआमा ६० वर्षिया रत्नमाया मोतेलाई अनुसन्धानका लागि प्रहरीले पक्राउ गरेको छ । उनीहरु दुवै इलाका प्रहरी कार्यालय धरानको नियन्त्रणमा रहेका छन् ।
मृतक शोभाको शव परीक्षणका लागि बिपी स्वास्थ्य विज्ञान प्रतिष्ठानमा राखिएको इलाका प्रहरी कार्यालय धरानले जनाएको छ । मृतकको शरीरमा नीलडाम र नाकबाट रगत आएको देखिएका कारण कुटपिट भएको प्रहरीले आशङ्का गरेका छन् । यता पोष्टमार्टमको रिपोर्ट आएपछि मात्र यथार्थ जानकारी गराइने प्रहरीले जनाएको छ ।