धरान/ हिविसकस बोडिङ स्कूलले जिल्ला स्तरीय हाजिरी जवाफ प्रतियोगिता कार्यक्रमको आयोजना गर्ने भएको छ । सुनसरी जिल्लाको धरान १५ मा रहेको हिविसकस इङलिस वोडिङ स्कुलले तेस्रो जिल्ला स्तरीय हाजिरी जवाफ प्रतियोगिताको आयोजना गर्ने भएको हो । प्रतियोगिता पौष १२ र १३ गते स्कुलको प्राङ्गणमा आयोजना हुनेछ ।
स्कुलले शुक्रवार पत्रकार सम्मेलनको आयोजना गरी कार्यक्रमको आयोजना गर्ने विषयमा जानकारी दिएको हो । विद्यार्थीहरुलाई पढाईको अतिरिक्त वौद्धिक क्षमतालाई अगाडी वढाउने उदेश्यले प्रतियोगिता गर्न लागिएको स्कुलका सल्लाहकार पवन झाले शुक्रबार पत्रकार सम्मेलनमा बोल्दै जानकारी दिए ।
विगत दुई वर्षदेखि स्कुलले हिविसकस क्विज मेनिया नाम दिएर (हाजिरी जवाफ प्रतियोगिता) आयोजना गर्दै आएको हो । गएको २ वर्षमा धरान नगर स्तरीय प्रतियोगिता सम्पन्न गरीसकेमा यस वर्ष जिल्ला स्तरीय प्रतियोगिताको आयोजना गरिएको सल्लाहकार झाले पत्रकार सम्मेलनमा बताए
प्रतियोगितामा सुनसरी जिल्ला भरीका १ सय विद्यालयले सहभागीता जनाउने विश्वास रहेको कार्यक्रम संयोजक सुवास मोक्तानले जानकारी दिए । प्रतियोगितामा प्रथम हुने टिमले नगद १५ हजार,रनिङ ट्रफि,मेडल र प्रमाण–पत्र प्राप्त गर्नेछन् भने दोस्रो हुने टिमले नगद १० हजार मेडल र प्रमाण–पत्र प्राप्त गर्ने स्कुलका प्रवन्ध निर्देशक गंगाराम राईले बताए ।
प्रतियोगितामा तेस्रो हुनेले नगद ८ हजार,मेडल र प्रमाण– पत्र प्राप्त गर्नेछन् । त्यस्तै चौथो हुने टिमले ६ हजार नगद र प्रमाण–पत्र प्राप्त गर्नेछन् , भने पाचौं हुने टिमले नगद ४ हजार र प्रमाण–पत्र पाउने छन् । सान्तवना हुने टिमले नगद २ हजार र प्रमाण–पत्र प्राप्त गर्नेछन् ।
पहिलो चरणमा छनौट हुने शिर्ष स्थानका ६ वटा टिमले १३ गते हुने फाइनलमा भाग लिन पाउनेछ । २०७९ सालबाट शुरु भएको सो प्रतियोगिताको पहिलो विजेता हिबिसकस इङ्लिस वोडिङ स्कुल वनेको थियो भने दोस्रो वर्षको विजेता नेपाल पुलिस स्कुल वनेको थियो ।