काठमाण्डौं/केही दिन देखि निरन्तर रुपमा परेको झरीका कारण बाढी पहिरोबाट पीडित भएकाहरूलाई तत्काल १० लाख सहयोग गर्न नेकपा माओवादी केन्द्र दक्षिण एसिया समितिले माग गरेको छ । समितिले बाढी पहिरोबाट विस्थापित प्रत्येक परिवारलाई १० लाख आर्थिक सहयोग प्याकेज दिन राज्यलाई माग गरेको हो । 

301237839_775165910202031_1577179248258595507_n

समितिले बुधवार विज्ञप्ति जारी गर्दै पीडितहरूको तत्काल उद्धार राहत तथा पुर्नस्थापनाका लागि आर्थिक प्याकेज प्रदान गर्न माग गरेको हो । साथै बाढी पहिरोबाट क्षतिग्रस्त सडक, पुल जस्ता भौतिक संरचना मर्मत गरी यातायात सुचारु गर्न आग्रह समेत गरेका छन् राष्ट्रिय सङ्कटको घडीमा देशका प्रधानमन्त्री विदेशमा रमाउनु र पीडितहरूको राहत तथा उद्धारमा उदासीन हुनु खेदजनक रहेको विज्ञप्तिमा समितिमा उल्लेख गरिएको छ ।