काठमाडौँ/कौडी खेलीरहेको अवस्थामा काठमाडौँको नयाँ बसपार्कबाट प्रहरीले १३ जना जुवाडेलाई पक्राऊ गरेको छ । कौडी खेलिरहेको अवस्थामा १३ जनालाई पक्राउ परेको हो । जुवा खालबाट ५ लाख ६ हजार नगद बरामद गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी नवराज अधिकारीले बताए ।

काठमाडौँ–२६ स्थित नयाँ बसपार्क मित्रनगरबाट पक्राउ पर्नेमा काभ्रे घर भएका सोम बहादुर तामाङ, सिन्धुपाल्चोकका कृष्ण बहादुर भुजेल, गोकर्णेश्वर घर भएका राज कक्षपति, गोकुल चौलागाईं, काभ्रेका चित्र बहादुर तामाङ र झापा घर भएका गंगाराम पाठक रहेका छन् । 

301145445_611959760539094_8650397903260629322_n

त्यस्तै, काभ्रेको पाँचखालका केशव नेपाल, खोटाङका चक्र बहादुर राई, काभ्रेका तेन्जिङ लामा, मोरङका सोहन कुमार मिश्र, काभ्रेका फुर्साङ तामाङ, खामसाङ लामा र रौतहटका विवेक लामा रहेका छन् । आरोपीहरू नयाँ बसपार्कको त्रिपुरा सुन्दरी होटल एण्ड लजबाट पक्राउ परेका हुन ।