धरान/ धरानमा ३ दिने प्रथम राष्ट्रिय खुल्ला म्याडमिन्टन प्रतियोगिता शुुरु भएको छ । धरान १३ स्थित रहेको अमर सेवा समाजको कभर्डहलमा प्रतियोगिता शुुुरु भएको हो । १८ गते शुक्रबारबाट शुुरु भएकोे प्रतियोगिता २० गते आइतबार सम्म सञ्चालन हुनेछ । राष्ट्रिय प्रतियोगिता धरान ब्याडमिन्टन क्लबको आयोजना भएको हो ।

555

कोशी प्रदेशका पूर्व मुख्यमन्त्री राजेन्द्र राईले पानसमा बत्ती बालेर प्रतियोगिताको उद्घाटन गरे । खेलकुद क्षेत्रको विकासमा प्रदेश सरकारले पर्याप्त रकम छुटाउन नसकेपछि धरान ब्याडमिन्टन क्लबले स्थानीय साधन श्रोत जुटाएर राष्ट्रिय प्रतियोगिता आयोजना गर्नु प्रशंसनीय कार्य गरेको उद्घाटन कार्यक्रममा बोल्दै मुुख्यमन्त्री राईले बताए । अमर सेवा समाजको हल व्यवस्थापन गर्न १० लाख बराबरको सोलर बत्तीका लागि बजेट विनियोजन गराउने  प्रतिबद्धता समेत राईले कार्यक्रममा बोल्ने क्रममा व्यक्त गरेका छन् ।

301237839_775165910202031_1577179248258595507_n

प्रतियोगितामा नेपालको ७७ जिल्लाका १२४ टिमबाट ५०० जना खेलाडी सहभागी भएको संयोजक टंक लिम्बुले जानकारी दिए । प्रतियोगितामा सुरक्षा निकायका ३ विभागीय टिम पनि सहभागिता रहेको छ । प्रतियोगितामा खुल्ला मेन्स डबल २९ टिम , खुल्ला महिला डबल ९ टिम , मिक्स डबल ३० टिम, भेट्रान डबल ४५ प्लसका ३३ टिम , भेट्रान डबल ५५ प्लस २४ टिमले प्रतिस्पर्धा गर्नेछन् ।

प्रतियोगिताको विजेताहरूले खुुुल्ला पुरुष डबलका विजेता जोडीलाई १ लाख १५ हजार, उपबिजेताले ५५ हजार, तेस्रो पुरस्कार ३० हजार सहित मेडल र प्रमाणपत्र पाउने छ । खुल्ला भेट्रान्स ४५ प्लस, सुपर भेट्रान्स ५५ प्लस र लेडिज डबल्स मिक्स डबलका विजेताले ६५ हजार, उपबिजेताले ३३ हजार र तेस्रो हुनेले ११ / ११हजार सहित मेडल र प्रमाणपत्र पाउने छन् । प्रतियोगितामा राष्ट्रिय रेफ्री तथा कोच केदार धिमाल प्रमुख निर्णायक रहेका छन् 

66668

6


IMG_2531