धरान/ धरानमा सञ्चालन भएको ३ दिने प्रथम राष्ट्रिय खुल्ला म्याडमिन्टन प्रतियोगिताका उपाधी त्रिभुुवन आर्मी बल भोजपुरका हिमाल चन्द र बिशाल तामाङले जितेका छन्। धरान ब्याडमिन्टन क्लवको आयोजनामा भएको प्रतियोगितामा शसस्त्रका क्षितिज खनाल र देवराज रानालाई तामाङ र चन्दले फाईनलमा ४ अंकले पराजित गदै बिजेता बनेका हुन् । धरान ब्याडमिन्टन क्लवको आयोजनामा अमरहाट स्थित अमर सेवा समाजको हलमा यही असोज १८,१९ र २० गते ३ दिन सम्म प्रतियोगिता सञ्चालन भएकोे थियो । मेन्स डबलका प्रथम बिजेता हिमाल र विशालको टिमले १ लाख १५ हजार नगद प्रमाण पत्र र मेडल प्राप्त गरेका छन् । मेन्स डबलका दोस्रो विजेताले ५५ हजार नगद प्रमाण पत्र र मेडल पाएका छन् । सोही बिधाका खेलमा हिमासुु कुंवर र डेबिट थापा मगर टिएसी र सुनिल कार्की र महेश खड्का संखुवा सभा र मोरङका तेस्रो विजेताले १५ / १५ हजार नगद प्रमाण पत्र र मेडल प्राप्त गरे ।
त्यसैगरी महिला डबल खुल्ला तर्फ टिएसीका अमिता गिरी र रसिला महर्जन बिजेता बनेका थिए । प्रथम बिजेताले ६५ हजार नगद प्रमाण पत्र र मेडल प्राप्त गरेका छन् । महर्जन र गिरीले झापाका शसस्त्र अन्जना राई र नविना राई संग प्रतिस्पर्धा गरेका थिए । महर्जन र गिरी संग खेलेका नविना र अन्जनाको टिम दोस्रो बने ।राईको टिमले ३३ हजार नगद प्रमाण पत्र र मेडल प्राप्त गरे । सोही विधाका तेस्रो खेलाडी योगिता लिम्बुु, निशाम सुुब्बा र रोजी राई,शिष्टि राईले १०/१० हजार नगद प्रमाण पत्र र मेडल प्राप्त गरको छन् ।

त्यस्तै, प्रतियोगिताको भेट्रान्स ४५ं मा देववहादुर गुरुङ (तनहु) र सम्भु श्रेष्ठ (कास्र्काी) को जोडी विजेता वन्न सफल वनेको थियो भने उत्तम सिम्खडा र श्रवण चौधरीको जोडी उपविजेता वनेको थियो । प्रतियोगितामा सन्तोष कटुवाल र भजनलाल चौधरीको जोडी र धनबहादुर लिम्बुु र राम योन्जनको जोडी तेस्रो भएका थिए । भेट्रान्स (५५ं) तर्फ उत्तम सिम्खडा र सञ्जय भक्तराजको जोडी विजेता वन्न सफल भएको थियो भने श्रीप्रसादधिमाल र राजु महर्जनको जोडीले दोस्रो बनेका थिए ।
प्रतियोगितामा दिलबहादुर कन्दङ्वारसुदिप योञ्जनको जोडी र दर्शन भक्त राजरकोमल शाक्यको जोडी तेस्रो भए । मिक्स डबलमा बिशाल खड्का (कास्र्की) र रशिला महर्जन (आर्मी) को जोडी विजेता वन्न सफल वनेको थियो भने सुर्य श्रेष्ठ (धरान) र रोजी राई (उदयपुर)को जोडी उपविजेता वन्न सफल भए । यता दिपक घिमिरे (मेची)रअमिता गिरी (आर्मी)को जोडी र राम राई (ओखलढुङ्गा) र निसम सुब्बा (ईलाम) तेस्रो भए । प्रतियोगितामा योगिता लिम्बुु (धरान)रनिशाम सुब्बा (ईलाम) को जोडी र रोजी राई र सृष्टि राईको जोडी तेस्रो बनेका थिए । प्रतियोगितामा खुल्ला पुरुष डबल तर्फका प्रथम बिजेताले १ लाख १५ हजार नगद प्रमाण पत्र र मेडल त्यस्तै,उपविजेताले ५५ हजार नगद प्रमाण र मेडल तेस्रो विजतोले ३० हजार नगद प्रमण पत्र मेडल प्राप्त गरेका छन् ।
त्यसैगरी सुपर भेटान ,मिक्स महिला डबलका सबै बिधाका प्रथम टिमले ६५ हजार नगद प्रमाण पत्र र मेडल ,दोस्रोले ३३ हजार नगद प्रमाण पत्र र मेडल र तेस्रो अन्य सबै विधाका टिमले १०÷१० हजार नगद प्रमाण पत्र र मेडल प्राप्त गरेका छन् । प्रतियोगितामा नेपालको ७७ जिल्लाका १२४ टिमबाट ५०० जना खेलाडी सहभागी भएको संयोजक टंक लिम्बुले जानकारी दिए । प्रतियोगितामा सुरक्षा निकायका ३ विभागीय टिम पनि सहभागिता रहेको थियो । प्रतियोगितामा खुल्ला मेन्स डबल २९ टिम , खुल्ला महिला डबल ९ टिम , मिक्स डबल ३० टिम, भेट्रान डबल ४५ प्लसका ३३ टिम , भेट्रान डबल ५५ प्लस २४ टिमले प्रतियोगितमा प्रतिस्पर्धा गरेका थिए ।
कोशी प्रदेशका पूर्व मुख्यमन्त्री राजेन्द्र राईले पानसमा बत्ती बालेर समापनको कार्यक्रमको उदुघाटन गरेका थिए । समापन कार्यक्रममा बोल्दै खेलकुद क्षेत्रको विकासमा प्रदेश सरकारले पर्याप्त रकम छुटाउन नसकेपछि धरान ब्याडमिन्टन क्लबले स्थानीय साधन श्रोत जुटाएर राष्ट्रिय प्रतियोगिताको आयोजना गरेकोमा समापन कार्यक्रममा बोल्दै मन्त्री राईले प्रंशसा गरे । समापन कार्यक्रममा धरान उपमहानगरपालिकाका उपमेयर अइन्द्र विक्रम वेघाको समेत उपस्थिति रहेको थियो । धरान खुल्ला ब्याडमिन्टन प्रतियोगिता हेर्न नेपालका विभिन्न जिल्लाका खेलाडी तथा दर्शकहरुको बाक्लो उपस्थिति रहेको थियो । कार्यक्रम क्लबका अध्यक्ष टंक लिम्बुुकोे अध्यक्षतामा भएको थियो भने क्लबका सदस्य खगेन्द्र मेन्याङ्वोले उद्घाटन र समापन कार्यक्रम सञ्चालन गरेका थिए ।