काठमाडौँ /अहिलेको सरकारले विपक्षी दलका नेताहरुलाई छानिछानी जेल हाल्ने र सत्तापक्षलाई जोगाउने काम गरेको माओवादी नेता अग्नि प्रसाद सापकोटाले बताएका छन् । बिहीबार केन्द्रीय कार्यालय पेरिसडाँडामा पत्रकार सम्मेलन गरी प्रवक्ता अग्निप्रसाद सापकोटाले उक्त आरोप लगाएका हुन् । सरकारले विपक्षी दलका नेतालाई छानिछानी जेल हाल्ने र सत्तापक्षलाई जोगाउने काम र्गयो प्रवक्ता सापकोटाले बताए ।

‘प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रले विपक्षी दलका नेताहरूलाई छानिछानी मुद्दा लगाउने काम गरिरहेको छ । सत्तापक्षका नेताहरूलाई भने जोगाउने काम गरिरहेको छ । नेता सापकोटाले भने ।’ बिहीबार केन्द्रीय कार्यालय पेरिसडाँडामा पत्रकार सम्मेलन गरी प्रवक्ता अग्निप्रसाद सापकोटाले पत्रकार सम्मेलनमा बोल्ने क्रममा यस्तो आरोप लगाएका हुन् ।
सहकारी बचत अपचलनमा जोडिएका कांग्रेसका उपसभापति धनराज गुरुङ र सार्वजनिक लेखा समितिका सभापति समेत रहेका एमालेका नेता ऋषिकेष पोखरेललाई संरक्षण गरेको उनले आरोप लगाएका हुन् ।
‘विपक्षी दलका नेताहरूलाई छानिछानी मुद्दा लगाउने, जेल हाल्ने काम गरिरहेको छ । आफ्नै नेताहरूलाई जोगाइ रहेको छ । धनराज गुरुङ, ऋषिकेश पोखरेल लगायतलाई प्रमाण हुँदाहुँदै संरक्षण गरिएको छ । सुशासनको पक्षमा अघिल्लो सरकारले गरेको काम उल्टाउने भइरहेको छ’, प्रवक्ता सापकोटाले भने । यस्तै ओली नेतृत्वको सरकारको सय दिन पूर्ण असफल भएकाले शनिवार काठमाडौँमा सरकारविरुद्ध खबरदारी सभा गर्न लागिएको प्रवक्ता सापकोटाले जानकारी गराए ।