चुडाल बन्धु कल्याण स्मृति कोष स्थापनाको २५ औं रजत स्मारिका पुस्तक बिमोचन भएको छ । चुडाल बन्धु कल्याण समिति एबम दशरथ स्मृती कोष स्थपना को २५ औं स्मारिका पुस्तक विमोचन भएको हो । रजत महोत्सब्को अवसर पारेर स्मारिका प्रकासन भएको छ । स्मारिका पुस्तकको बिमोचन चुडाल बन्धु केन्द्रिय कार्यलय कन्काइ नगरपालिका वार्ड नम्बर ८ लक्ष्मीपुर झापाको सभा हलमा भब्य समारोहका बिच विमोचन कार्यक्रम भएको थिये । 

स्मारिका बिमोचन कार्यक्रम कोशी प्रदेशका सभामुख अमर बहादुर बिष्टले गर्नु भएको हो । बिमोचन कार्यक्रममा बोल्दै प्रदेश सभामुख बिस्टले चु्डाल बन्धु बाहिरका बिष्टलाई कार्यक्रममा निमन्त्रण गरेको भन्दै आयोजकलाई धन्यवाद दिएका थिए । ‘म चुडाल बन्धु बाहिर को बिष्टलाई यस कार्यक्रममा निमन्त्रणा गरीदिनु भएकोमा चुडाल बन्धु प्रती आभार ब्यक्त गर्न चाहान्छु । र मलाई आज आदि चुडाल नै बनाइ दिनु भएकोमा खुशी लागेको लागेको छ ’ बिष्टले भने । चुडाल बन्धु कल्याण समितिको भविष्यमा अझ उन्नती प्रगतीको कामना गर्दछु विष्टले कार्यक्रममा बोल्दै थपे । 

301237839-775165910202031-1577179248258595507-n

अतिथी नेपाली कांग्रेस झापाका सभापति देउमान थेबेले चुडाल बन्धु कल्याण समिति तथा दसरथ स्मृती कोषको रजत महोत्सबमा स्मारिका प्रकासन गर्नु ठुलो उपलब्धी भएको बताए । चुडाल बन्धु कल्याण समितिका संस्थापक अध्यक्ष भद्र प्रसाद चुडाल , प्रदेश सभाका सांसद छवि चुडाल,चुदाल बन्धु कल्याण समितिका बर्तमान अध्यक्ष कृष्ण प्रसाद चुडाल,उपादक्ष्य गोपाल चुडाल लगायतको उपस्थिति रहेको थियो । उक्त बिमोचित स्मरिका पुस्तकमा चुडाल बन्धुका लेख रचना ,कथा कविता गजल आदि मात्र नभई अन्य जाति र व्यक्तिको लेख रचनाहरु रहेका छन््् । बन्धु बान्धवहरुलाइ एक घर एक पुस्तक बितरण गरिएको छ ।