कोशी प्रदेश÷पूर्वेली अन्तर्राष्ट्रिय समाजको सहयोग तथा लाईन्स क्लव अफ धरान ग्लोरीकोे आयोजनामा सुनसरी, रामधुनी स्थित झुम्का कारागार पुस्तकालयको लागि पुस्तक–दराज सहित २५० थान पुस्तक हस्ताण्तरण कार्यक्रम डि.आइ, जि. चन्द्र कुबेर खापुङ्गंज्यूको प्रमुख आतिथ्यमा  लाईन्स क्लब अफ धरान ग्लोरीका अध्यक्ष एक्ता श्रेष्ठको अध्यक्षतामा गएको शनिबार २४ गते सम्पन्न भएको थियो । झुम्का कारागार एक बन्दी गृह मात्र नभई सुधार गृह बन्न सकोस् भन्ने पवित्र उद्देश्यले विचार परिवर्तनमा सबै भन्दा महत्वपूर्ण भूमिका असल पुस्तकको हुने विश्वासका साथ बन्दीहरूको लागि उपयोगी विविध विषयको पुस्तक उपलब्ध गराईएको छ ।

पुस्तक हस्ताण्तरण कार्यक्रममा सुनसरी जिल्ला  प्रहरी प्रमुख  सुमन  तिमसिना,  जेलर ध्रुर्व रिजाल,  मेयर तथा उप–मेयर रामधुनी नगरपालिका, सशस्त्र प्रहरी बलका एस.पी. सुमेन्द्र बज्राचार्य, सशस्त्र कारागार प्रमुख–डि.एस.पी. आइन्द्र नेम्वाङ्ग जस्ता उच्च पदस्थ व्यक्तित्वहरूको उपस्थिति रहेको थियो । साथै लायन्स क्लबका Multiple GET लायन इन्द्र राजन खत्री, IPDG लायन विजय हरि शर्मा, 1st VDG लायन बबरजंग थापा,2nd VDGलायन लिला चिमरिया, Cabinet Treasurer  लायन रमेश खत्री लगायत विभिन्न सिनियर लायन्स लिडरहरूको उपस्थिति रहेको थियो ।

301237839-775165910202031-1577179248258595507-n

सहयोगी संस्था पूर्वेली अन्तर्राष्ट्रिय समाजका अध्यक्ष सुवास लोहनी तथा संयोजक शिवजी श्रेष्ठले बताए । ‘नेपाल बाहिर विभिन्न देशहरूमा कार्यरत यस पूर्व क्षेत्रका  नेपालीहरू आबद्ध रहेको यो समाज आफ्नो मातृभूमिको लागि केही गरौं भन्ने उद्देश्यले गठन गरिएको हो । लायन्स क्लब अफ धरान ग्लोरीसंग सहकार्य गरी कारागारमा रहेका बन्दीहरूको जीवन परिवर्तनमा टेवा पु¥याउने पुस्तकहरु उपलब्ध गराउँन पाउंदा हामी लगायत यस समाजका मनकारी सदस्यहरु अत्यन्तै हर्सित छौं ’ समजका अध्यक्ष लोहनीले भने । यो हाम्रो सानो शुुरुवात मात्र हो हाम्रो समाज मानव कल्याणकारी कार्य तथा जीवन परिवर्तनको अभियानमा निरन्तर कार्यरत रहनेछ अध्यक्ष लोहनीले थपे । 

cccccccc