दाङ /नेपाली एक हजारका नक्कली नोट सहित ४ जना पक्राउ परेका छन् । दाङको  तुल्सीपुर उपमहानगरपालिका(९ बेलुवाबाट नेपाली एक हजार दरका १२ थान नक्कली नोट सहित ४ जनालाई बिहीबार राति प्रहरीले पक्राउ गरेको हो ।

पक्राउ पर्नेहरूमा तुल्सीपुर उपमहानगरपालिका(१० राइसल्यान बस्ने ३० वर्षीय राम मनी चौधरी, सोही उपमहानगरपालिका(८ बस्ने १७ वर्षीय किशोर, सोही उपमहानगरपालिका(९ दोघरे बस्ने १९ वर्षीय धन बहादुर खत्री र शान्तिनगर गाउँपालिका(४ घर भई तुल्सीपुर उपमहानगरपालिका(९ बेलुवा बस्ने १७ वर्षीया किशोर रहेका छन् ।

विशेष सूचनाको आधारमा इलाका प्रहरी कार्यालय तुल्सीपुरबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त नक्कली नोट सहित फेला पारी पक्राउ गरेका थिए । पक्राउ परेकालाई हिरासतमा राखेर थप अनुुसन्धान गरीरहेको प्रहरीले जनाएको छ । 

301237839-775165910202031-1577179248258595507-n