काठमाडौं÷ नेपाल आयल निगमले मट्टितेल र डिजेलको मुल्य बढेको छ भने पेट्रोलको भने यथावत् रहेको छ । शुक्रबार साँझ बसेको निगम सञ्चालक समितिको बैठकले डिजेल र मट्टितेलमा मुल्यमा प्रतिलिटर ३ रुपैयाँ वृद्धि गरेको हो ।

शनिबार रातिदेखि लागू हुनेगरी डिजेल र मट्टितेलमा साबिकको मुल्यमा ३ रुपैयाँ वृद्धि भएको निगमले जनाएको छ । मुल्य वृद्धिसँगै अब काठमाडौंमा डिजेल र मट्टितेलको मुल्य १५३ रुपैयाँ पर्नेछ । दाङ र सुर्खेतमा १५२ रुपैयाँ तथा बाँकी क्षेत्रमा १५०।५० रुपैयाँ पर्ने निगमद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

301237839-775165910202031-1577179248258595507-n

पेट्रोल, हवाई इन्धन र ग्यासको मूल्य भने यथावत् रहेको छ । निगमले चारआली, विराटनगर, जनकपुर, अमलेखगन्ज, भलबारी, नेपालगञ्ज, धनगढी र वीरगञ्ज डिपो पहिलो वर्ग, सुर्खेत र दाङ दोस्रो तथा काठमाडौँ, पोखरा र दिपायलस्थित डिपोलाई तेस्रो वर्गमा वर्गीकरण गरेको छ ।

इन्डियन आयल कर्पोरेसनबाट आज प्राप्त नयाँ खरिद मुल्यअनुसार प्रतिलिटर पेट्रोलमा रु ०।३२ र डिजेलमा रु २।५४ ले बढेर आएकाले मुुल्य समायोजन गरिएको निगमले जनाएको छ ।