इटहरी/सुनसरी जिल्लाको इटहरी उपमहानगरपालिका वडा नम्बर १७ मा रहेको पकली माध्यामिक विद्यालयका व्यवस्थापन समितिका अध्यक्ष विनोद झाले आफु विरुद्ध षड्यन्त्र गरेर बदनाम गराएको जनाउँदै आफु विरुद्ध अख्तियार जान चुनौती दिएका छन् । झाले एक प्रेस विज्ञप्ती प्रकाशित गरी भ्रम सृजना गर्न शिक्षक सरुवाका नाममा २ लाख रुपियाँ माग गरेको भन्ने अडियोको सत्यतालाई तोडमोड गरी बदनाम गराई चरित्र हत्या गर्ने मनसायले केही संचारमाध्यमहरुमा अडियो सहित भन्दै भ्रम फैलाउने कार्यप्रति आफ्नो गम्भिर ध्यानकर्षण भएको बताएका छन् ।
मंगलबार झाले प्रकाशन गरेको विज्ञप्तीमा भनिएको छ—‘शिक्षक सरुवामा एक रुपैया सम्मको कुनै चलखेल, लेनदेन भएको छैन् । झुठा दावी गर्ने, कोलाहल मचाउनेलाई अख्तियारमा जान चुनौती छ । विद्यालय भित्र पूर्व प्र.अ., कार्यरत स–लेखापाल कर्मचारीवाट आफ्नो काम, कर्तव्य र अधिकारप्रतिको जवाफदेहिता विपरित विध्यालयलाई विगत ५ वर्ष अगावैदेखि लगातार जिन्सि खरिद नगरी विल भौचरमात्र पेश गरी अनियमित कार्य गरी विद्यालयलाई आर्थिक नोक्सान पुरÞ्याउने विद्यालय व्यवस्थापन समितिको निर्णय विपरित आर्थिक कारोवार गरेको, आफू खुसी विद्यालय कोषवाट भत्ता लिएको, विद्यालयमा रहेको विल भौचर, लेखा परिक्षण प्रतिवेदनवाट स्पष्ट हुन्छ ।’
विद्यालय कार्यालय भित्रवाट अतिरिक्त पोषाक बेचविखन गरी गैर कानुनी कार्यहरु गरेकोमा विद्यालय व्यवस्थापन समितिको निर्णयवाट दुई शिक्षकसँग स्पष्टिकरण माग भएको विषयमा हुने कार्वाही सिफारिसलाई प्रभावित बनाउन अनियमित कार्य गर्नेलाई पक्षपोशण गर्न शैक्षिक सत्र २०८१ देखि संचालनमा आएको अग्रेजी माध्यमलाई विफल बनाउने बोडिङ्ग विद्यालय संचालकहरुसंग साँठगाँठ गरी पकली माविको शैक्षिक वातावरण धमिल्याउने योजना षड्यन्त्र अनुरुप कार्वाहीको विषयलाई विषयान्तर गर्न खोजिएको झाले विज्ञप्तीमा उल्लेख गरेका छन् ।