धरान/नेपाल मकाउ पर्यटन प्रबद्र्धन गर्न सिधा हवाई यातायात सुविधा नहुदा भएको छ । चीनको स्वायत्त प्रशासनिक क्षेत्र मानिँदै आएको मकाउसँग नेपालको पर्यटन प्रवद्र्धन गर्न सोझो हवाई यातायातको सुविधाको अभाव हुदा मुख्य समस्या भएको भएको हो । नेपाल पत्रकार महासङ्घ सुनसरीद्वारा आज शुक्रवार मकाउनका लागि नेपालको अवैतनिक पर्यटन प्रवद्र्धक आनन्द श्रेष्ठको स्वागत कार्यक्रम बिच भएको छलफलमा उक्त निष्कर्ष निकालिएको छ । 

मकाउमा नेपालको पर्यटन प्रवद्र्धनका लागि पछिल्लो पटक सन् २०१७ मा पाटा ट्राभल मार्ट आयोजना गरिएको थियो । पाटा नेपाल च्याप्टरले नेपाल पर्यटन बोर्ड र नेपाल वायुसेवा निगम सँगको सहकार्यमा द भेनिसियन मकाउ रिर्ससोर्ट होटेलमा ४० औँ ‘नेपाल पेभिलियन’मा सहभागिता जनाएपछि अन्य प्रयास भएको देखिदैन । गत फागुनमा पर्यटन प्रवद्र्धन तोकिएपछि पहिलो पटक मकाउ पुगेका श्रेष्ठले मकाउबाट नेपाल पर्यटक नेपाल भित्राउन सिधा उडान नहुनु मुख्य समस्या भएको बताए । मकाउ पुग्न हङकङ वा गोञ्जाउ ट्रान्जिट भएर दुई ठाउँबाट भिसा लिनु पर्ने भएकोले समस्या हुने गरेको पत्रकारहरु संगको कुराकानीमा श्रेष्ठले सुनाए । 

333

नेपालबाट मकाउ करिब ४ घण्टाको उडानबाट पुग्न सकिछ । मकाउ सरकारसँग प्रस्ताव गरिएमा हवाई सुविधा प्राप्त हुनसक्ने बताउँदै श्रेष्ठले यसबारे नेपाल सरकारको पर्यटन मन्त्रालयलाई जानकारी दिएको छलफलको क्रममा बताए । सिधा उडानको हवाई मार्गमा चिनिया आकाश पर्ने भएकोले चीन सरकारले त्यसलाई स्वीकृति दिने नदिने बारेमा एकिन नभएको श्रेष्ठको भनाई छ । क्यासिनो पर्यटनका लागि विश्वमा चर्चित मकाउको स्वायत्ततालाई लिएर पछिल्लो समय चीन–मकाउ बिच तनाव बढेको चर्चा चल्ने गरेको छ । 

301237839-775165910202031-1577179248258595507-n

मकाउ दक्षिणी चीनको ग्वाङडङ प्रान्तको किनारमा स्थित छ । यसले पश्चिममा चिनिया तट र पूर्वमा हङकङको न्यु ‘टेरिटोरी’को सिमानामा गाँसिएको छ । मकाउको जनसङ्ख्या लगभग ७ लाख छ । मकाउ  विश्वको सबैभन्दा जनघनत्वयुक्त क्षेत्रमा पर्दछ । मकाउ, मकाउ द्वीप र कोलोन तटस्थ क्षेत्र दुई मुख्य द्वीपमा अवस्थित छ । मकाउ हजारौँ वर्ष अघि स्थानीय आदिवासीहरूले आबाद गरेको ऐतिहासिक पृष्ठभूमि रहेको पाइन्छ । मकाउ १५५७ मा पोर्चुगिजहरूको उपनिवेश थियो । सन् १९९९ मा पोर्चुगलले मकाउलाई चीनको अधिकारमा हस्तान्तरण गरेको हो । त्यस बेला देखी मकाउलाई चीनको विशेष प्रशासनिक क्षेत्र मानिँदै आएको छ ।

अन्तरक्रियामा पत्रकार हर्ष सुब्बा, महेश श्रेष्ठ, भिमज्वाला राई, मनिता चाम्लिङ लगायतले मकाउका धनाढ्यलाई नेपालमा लगानी गर्न सहजता बनाई दिन नेपाल सरकारको तर्फबाट पहल गराउन सल्लाह दिए । महासंघका अध्यक्ष जनकऋषि राईको अध्यक्षतामा नेपाल पत्रकार महासंघ सुनसरीको सभाहलमा गरिएको छलफल कार्यक्रम संघका सहसचिव भोला श्रेष्ठले सञ्चालन गरेका थिए ।