काठमाडौँ/सुनको मुल्य तोलामा फेरि २ हजार ६सयले घटेको छ । मंगलबार सुनको मुल्य घटेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार अघिल्लो दिनको तुलनामा छापावाल सुन तोलामा २ हजार ६ सय रुपैयाँले घटेको छ । यससँगै मंगलबार सुनको मुुल्य तोलामा १ लाख ४८ हजार ७ सय रुपैयाँ कायम भएको हो ।
यसअघि भन्सार दर घटाइएसँगै सोमबार नेपाली बजारमा सुनको मुुल्यमा भारी गिरावट आएको थियो । जुन दिन सुनको मूल्य तोलामा १५ हजार ९ सय रुपैयाँले घटेर १ लाख ५१ हजार ३ सय रुपैयाँ कायम भएको थियो । जबकि आइतबार छापावाल सुनको मुुल्य १ लाख १ ६७ हजार २ सय रुपैयाँ कायम भएको थियो ।
मन्त्री परिषद्को मंसिर ६ गते बसेको बैठकको निर्णय अनुसार सुन र चाँदीको भन्सार दर १० प्रतिशत कायम भएको थियो भने जुन दर सोमबारदेखि कार्यान्वयनमा आएको थियो । यसैबिच सोमबार चाँदीको मुुल्य तोलामा १ हजार ८ सय ४५ रुपैयाँ कायम भएकोमा मंगलबार घटेर १ हजार ८ सय २० रुपैयाँ कायम भएको छ ।