नेपाल पत्रकार महासंघ सुनसरीमा काफ्ले,प्रेस चौतारी र प्रेस युनियानको प्यानल बिजायी भएको छ । शुक्रबार भएको नेपाल पत्रकार महासंघ सुनसरीको निर्वाचनमा प्रेस चौतारी र प्रेस युनियनबाट उम्मेद्धवार भएकाहरु निर्वाचित भएको हो निर्वाचनमा प्यानल नै विजयी भएका छन् । प्रेस चौतारी र प्रेस युनियनको साझा उम्मेद्धवार सन्तोष  काफ्ले ९४ मत सहित निर्वाचित भएका हुन् ।

301237839-775165910202031-1577179248258595507-n

प्रेस युनियनबाट विद्रोह गरि बागी उम्मेद्धवार भएका गणेश निरौलाले ७९ मत प्राप्त गरेका थिए । जिल्ला निर्वाचन समितिका अनुसार काफ्लेको नेतृत्वमा उपाध्यक्ष अर्जुन सुवेदी, महिला उपाध्यक्ष यशोदा शेने, सचिव पर्शुराम बाह्रकोटी (विनय), सहसचिव बिकल रेग्मी चयन भएका छन् । समावेशी सचिव बिरेन्द्र कुमार शाह र कोषाध्यक्ष विवेक रेग्मी चयन भएका छन्।् । त्यस्तै, महिला सदस्यमा सीमा बस्नेत, दलित सदस्य विनोद विश्वकर्मा, मधेसी सदस्य सुरेन्द्र मेहता, आदिवासी जनजाति सदस्य विजय कुमार राई, र समावेशी सदस्यमा नशिम अन्सारी चयन भएका हुन् । 

खुल्ला सदस्यमा चन्द्रकला चौधरी, जीवन विष्ट, रोहित कुमार राई, शिशिर भट्टराई, सविता पोखरेल (ज्योति) सिंह बहादुर मादेन, सुदीप पोखरेल, र हिरण्य कुमार कार्की चयन भएका छन्। । यस्तै, केन्द्रीय परिषद् सदस्य महिलातर्फ सुभद्रा प्याकुरेल र समावेशी जनजातीतर्फ नरबहादुर लिम्बु ९प्रदिप मेन्याङ्बो) निर्वाचित भए का छन्।् ।