धरान/ सुनसरीको धरान उपमहानगरपालिका (१७ रेल्वेबाट अवैध लागूऔषध १ सय २३ किलो गाँजा सहित एक जना ट्याम्पो चालकलाई आइतबार राती प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा धरान उपमहानगरपालिका(१७ बस्ने ३१ वर्षीय धनबहादुर भण्डारी रहेको इलाका प्रहरी कार्यालय धरानका डिएसपी प्रकाश जबेगुले जानकारी दिएका छन् ।

इलाका प्रहरी कार्यालय धरानबाट खटिएको प्रहरीले प्रदेश १(०२(००२ ह १६५५ नम्बरको रातो ट्याम्पोलाई रोकेर जाँच गर्ने क्रममा ७ वटा बोरामा गाँजा फेला पारेको डिएसपी जबेगुले जानकारी दिए । पक्राउ परेका चालकलाई लागु औषध सम्बन्धी कसूरमा थप अनुसन्धान कार्य भइरहेको छ । डिएसपी जगेबुले भने । 

301237839-775165910202031-1577179248258595507-n