धरान/मेघा रेवाहाङ स्मृति बास्केटबल मुुख्यमन्त्रीद्रारा उद्घाटन गरिएको छ । कोशी प्रदेश मूख्यमन्त्री माननिय हिक्मत कार्कीको प्रमुख आतिथ्यमा सोमवार देखि शुरु भएकोे तेस्रो धरान मेघा यु १८ रेवाहाङ मेमोरियल बास्केटवल प्रतियोगिताको उद्धघाटन मुख्यमन्त्री कार्कीद्रारा गरिएको हो । प्रतियोगिताको उद्घाट खेलमा धरान आर्दश कलेज विजयी भएका छन ।

धरान मेघा हिमालयन कलेजको आयोजनामा आयोजित प्रसतियोगिताको मूख्यमन्त्री कार्कीले पानसमा द्धिप प्रज्वलन गरेर कार्यक्रमको उद्धघाटन गरेका थिए । प्रमूख अतिथि हिक्मत कार्कीले रेफ्रिलाई वल हस्तान्तरण गरेपछि खेल शुुरु गरिएको थियो । उद्धघाटन खेलमा धरान आर्दशले सुनाखरी स्कुललाई ६६–४७ अंकको अन्तरले पराजित गरेका छन । खेलमा धरान आर्दश र सुनखरीले प्रत्येक क्वाटरमा २०–१०, १०–११, १७–१७ र १५–९ अंक जोडेका थिए ।

सोहि दिन भएको खेलमा धरान मेघा ए टिमले डिपो वि टिमलाई ४१–२६ र सियोन स्कुलले युनाइटेड गोर्खा एकेडेमिलाई ५९–११ अंकको विशाल अन्तरले पराजित गरेका छन । मेघा ए र डिपो वि टिमले प्रत्येक क्वाटरमा ९–२, १३–७, ११–४ र ९–१३ अंक जोडेका थिए । यसैगरि सियोन स्कुल र युनाइटेड गोर्खाले प्रत्येक क्वाटरमा २३–१, १०–५, १०–३ र १६–२ अंक जोडेका थिए ।

दिवंगत पुर्व बास्केटवल खेलाडी रेवाहाङ राईको स्मृतिमा विगत विगत ३ वर्ष देखि धरान मेघा हिमालयन कलेज, बास्केटवल संघ र रेवाहाङका परिवारको सहकार्यमा प्रतियोगिता सञ्चालन भईरहेको छ । धरान १८ निवासी रेवाहाङ राईको १६ वर्षको उमेरमा २०७७ माघ २० गते निधन भएको थियो ।

301237839-775165910202031-1577179248258595507-n

१२ कक्षा सम्मका विद्यार्थीहरुले मात्र सहभागिता हुन पाउने प्रतियोगितामा १४ टिमले सहभागिता जनाएको छ । प्रतियोगिताका विजेता टिमले नगद रुः २५ हजार, उपविजेताले नगद रुः १२ हजार ५ सय, ट्रफि, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ । प्रतियोगिताका उत्कृष्ट खेलाडि मोस्ट भ्यालुएवल प्लेयर र उदयीमान खेलाडिले नगद पुरस्कारका साथमा ट्रफि र प्रमाणपत्र प्राप्त गर्नेछ । खेल यही पौष ५ गते  सम्पन्न हुने आयोजकले जनाएको छ । 

धरान मेघा हिमालयन कलेजका अध्यक्ष कैलाश लिम्वुको अध्यक्षतामा संपन्न उद्धघाटन कार्यक्रममा विशेष अतिथि कोशी प्रदेश सांसद रमेश वस्नेत, विजय राई, यसोदा कायस्थ, साथै धरान १८ न. वडाध्यक्ष नरेन्द्रकुमार राई प्रविण, रेवाहाङ रुछेन्वुङ राई स्मृति प्रतिष्ठानका अध्यक्ष एवं दिवंगत रेवाहाङका वुवा रेवतिरमन राई, आमा सुजता राई, नेपाल पत्रकार महासंघ सुनसरी अध्यक्ष सन्तोष काफ्ले लगायत धरानका विभिन्न मिडियाका मिडियाकर्मीहरुको उपस्थिति रहेको थियो ।