धरान/सशस्त्र प्रहरीले धरान(१३ मा चेकजाँच गर्न रोक्दा गाँजा बोकेको कार छोडेर चालक फरार भएका छन् । धरानको शिवधारामा मङ्गलवार प्रहरीले चेकजाँच गर्न रोकेको कारबाट १९० केजी गाँजा बरामद भएको छ । प्रहरीले रोकेपछि चालक कार छोडेर फरार भएको प्रहरीले जनाएको छ । इलाका प्रहरी कार्यालय धरानका डिएसपी प्रकाश जबेगुका अनुसार, चेकजाँचका लागि रोक्ने क्रममा कार चालक सडकमै गाडी छाडेर फरार भए । उनले भने ‘कारलाई पछ्याउँदै आएको मोटरसाइकलमा सवार २ जना शङ्कास्पद व्यक्तिलाई अनुसन्धानका लागि नियन्त्रणमा लिएका छौँ ।’

301237839-775165910202031-1577179248258595507-n

सशस्त्र प्रहरी बल, सुरक्षा बेस धरानको टोलीले चेकजाँच गर्न कार रोकेको थियो । भेडेटारबाट धरानतर्फ आउँदै गरेको बा १० च ६८५२ नम्बरको कारको डिक्कीमा प्लास्टिकले प्याकिङ गरेको अवस्थामा गाँजा बरामद गरिएको छ । पछिल्लो समय धरानमा प्रहरीले गाँजा ओसार पसारका धेरै गाडीहरू पक्राउ गरिरहेको छ । २ दिन अघि आइतबार राती धरान(१७ रेल्वेबाट १२३ केजी गाँजा सहित एक जना ट्याम्पो चालकलाई प्रहरीले पक्राउ गरेको थियो ।

kismas Subhakamna 2025