धरान/हिबिस्कस इङ्लिस बोर्डिङ स्कुल धरान–१५ का बिद्यार्थीहरु र स्विट्जरल्याण्डबाट आएका शिक्षक जेन डेभिसबीच मङ्गलबार अध्ययन अध्यापन सम्बन्धि अनुभव साटासाट भएको छ । स्विजरल्याण्डमा ४२ बर्ष शिक्षण गरि अवकास भएका डेभिसले स्विट्जरल्याण्डको शिक्षण पद्धति,संस्कार संस्कृति,भुगोल, हावापानी, राजनीतिक, आर्थिक परिवेश आदीको बारेमा सुनाउदा विद्यार्थीहरुले निक्कै चासो दिएर सुनेका थिए ।

हिबिस्कसका विद्यार्थीहरुले पनि नेपालको संस्कार संस्कृति, चाडपर्ब, भुगोल, हावापानी, राष्ट्रिय झण्डा आदीको बारेमा शिक्षक डेभिसलाई जानकारी गराएका थिए । नेपालको राष्ट्रिय झण्डा युनिक रहनुका साथै दुबै देसबीच धेरै कुरामा समानता रहेको शिक्षक डेभिसले बताए। आफ्नो देसको शिक्षा, सन्स्कार(सन्स्कृतिबारे शिक्षक डेभिसलाई बताउन पाउदा धेरै खशी लागेको छात्रा फुङ्निमा लिम्बुले बताईन । हाम्रो देशको हिमाल, पहाड, तराई, मौलिक परम्परा बारे सुनाउदा शिक्षक डेभिसले निक्कै चाख दिएर सुनेको अर्का छात्रा निनाम्मा राईले सुनाईन् । 

301237839-775165910202031-1577179248258595507-n

विद्यार्थीहरुले डेभिसलाई नेपालको राष्ट्रिय गान समेत गाएर सुनाए। नेपाली विद्यार्थीहरु मिलनसार र देशलाई मनदेखि माया गर्ने आफुले पाएको शिक्षक डेभिसले बताए । स्विट्जरल्याण्डको शिक्षण पद्धति बाट बिद्यार्थीहरुले केही नया कुराहरु सिकुन भनेर शिक्षक डेभिस सङ्ग  अनुभव सटासाटको वातावरण मिलाएको स्कुलका निर्देशक गङ्गाराम कुलुङले बताए ।