धरान/सुनसरीको धरानमा नयोङहाङ समाज नेपालको दोस्रो ऐतिहासिक साधारण सभा तथा नयोङहाङ वंशवाली २०८१ (दोस्रो संस्करण) विमोचन कार्यक्रम सम्पन्न भएको छ । गत शनिबार धरान १० सैनिक भवन, सुनसरीमा नयोङहाङ समाज नेपालको दोस्रो ऐतिहासिक साधारण सभा तथा नयोङहाङ वंशवाली २०८१ (दोस्रो संस्करण) विमोचन कार्यक्रम सम्पन्न भएको हो । 

kismas Subhakamna 2025

विश्वभरका नयोङहाङहरुको साझा र विशुद्ध सामाजिक संस्थाको रुपमा स्थापित यस समाजले नयोङहाङहरुको वंशावली प्रथम संस्करण २०६७ र दोस्रो संस्करण २०८१ प्रकाशन गर्न साथै विश्वभरका नयोङहाङहरुको जनगणना २०७९ जस्ता महत्वपूर्ण कार्यहरु सम्पन्न भएको आयोजकले जनाएको छ । नयोङहाङ समाज नेपाललाई संस्थागत रुपमा सञ्चालन गर्न सशक्त, मजबुत र एकतावद्ध बनाउन संगठन सुदृढीकरण एवम अभिमुखिकरण कार्यक्रमहरु आयोजना गर्दै सिर्जनात्मक योजनाहरु नयाँ कार्यसमितिले गर्ने प्रतिवद्धता सहित कार्यक्रम सम्पन्न भएको अध्यक्ष योगेन्द्र कुमार नयोङहाङले जानकारी दिए । 

301237839-775165910202031-1577179248258595507-n

‘साधारण सभा तथा वंशावली विमोचान कार्यक्रम सव्य, भव्य र शान्तिपूर्ण रुपमा सम्पन्न गराउन आर्थिक, भौतिक, नैतिक रुपमा सहयोग गर्नुहुने देश विदेशका तमाम नयोङहाङ दाजुभाई तथा छोरीचेली, बुद्धिजिवी, समाजसेवी, प्रमुख अतिथि, अतिथि, संस्थापक, आर्थिक दाता, सौजन्यकर्ता, पत्रकार, सुरक्षाकर्मी, प्रशासन, निर्वाचन मण्डल, निवर्तमान समितिका पदाधिकारी एवम सदस्य प्रतिनिधि एवम पर्यवेक्षक साथै स्वयमसेवक सम्पुर्णमा नवनिर्वाचित केन्द्रीय कार्यसमिति एवम सिङ्गो नयोङहाङ समाज नेपालको तर्फबाट धन्यवाद तथा आभार ब्यक्त गर्दछौं ।’

निवर्तमान केन्द्रीय अध्यक्ष सुरेश नयोङहाङको अध्यक्षतमा सम्पन्न कार्यक्रमको प्रमुख अतिथि पुर्व मुख्यमन्त्री राजेन्द्र राई रहेका थिए । सभा कार्यक्रममा विश्वभरका नयोङहाङ दाजुभाई तथा छोरीचेलीहरु सहित करिब ६ सयको हाराहारीमा सहभागिता भएको आयोजकले जनाएको छ । बन्दसत्रमा धनकुटा, ताप्लेजुङ, संखुवासभा, सुनसरी, झापा, मोरङ, इलाम, काठमाडौं र प्रवास भारत लगायत विभिन्न स्थानहरुबाट एक सय १४७ जना प्रतिनिधि तथा पर्यवेक्षकहरुले उपस्थिती रहेको छ । बन्दसत्रबाट २५ सदस्सीय नयोङहाङ समाज नेपाल केन्द्रीय कार्यसमिति सर्वसम्मत रुपमा निर्वाचित भएको भएका छन् । बन्दसत्रको निर्वाचन मण्डल संयोजक डम्बर सिं नयोङहाङ, सदस्य सचिव कमल कुमारी वनेम (असली) र सदस्यमा केवल नयोङहाङ रहेका छन् । 

नवनिर्वाचि केन्द्रीय कार्यसमितिको नामवली तपशिल अनुसार रहेको छ ।

१। अध्यक्ष –योगेन्द्र कुमार नयोङहाङ १४। सदस्य –प्रेम बहादुर नयोङहाङ 

२। पहिलो उपाध्यक्ष          –गोपाल नयोङहाङ १५। सदस्य –योग बहादुर नयोङहाङ

३। दोस्रो उपाध्यक्ष         –टंक बहादुर नयोङहाङ  १६। सदस्य –पदमजङ्ग नयोङहाङ

४। तेस्रो उपाध्यक्ष      –रणशेर नयोङहाङ १७। सदस्य –राजेश नयोङहाङ

५। चौंथो उपाध्यक्ष       –भीमतारा  नयोङहाङ तेङबुङ        १८। सदस्य –सुरेश नयोङहाङ

६। पाचौं उपाध्यक्ष –राजु नयोङहाङ       १९। सदस्य –राम प्रसाद नयोङहाङ

७। छैटौं उपाध्यक्ष –यस कुमार नयोङहाङ      २०। सदस्य –जङ्ग बहादुर नयोङहाङ

८। महासचिव    –प्रदिप कुमार नयोङहाङ       २१। सदस्य –अनुषा नयोङहाङ ९नुमा०

९। सचिव           –डम्बर बहादुर नयोङहाङ _यात्री      २२। सदस्य –राम कुमार नयोङहाङ

१०। सचिव          –राम प्रसाद नयोङहाङ              २३। सदस्य –योकराज नयोङहाङ

११। सचिव        –वर्षा सम्बाहाम्फे  नयोङहाङ     २४। सदस्य –अनिल नयोङहाङ

१२। सचिव         –नरेन्द्र  नयोङहाङ        २५। सदस्य –सपना नयोङहाङ

१३। कोषाध्यक्ष –नयन बहादुर नयोङहा                                

सेवारो, नोगेन ।

प्रदिप कुमार नयोङहाङ                                          योगेन्द्र कुमार नयोङहाङ 

               महासचिव                                                                अध्यक्ष