धरान/सुनसरीको धरानमा यही पौष २० गते देखि २४ गते सम्म धरानको रंगशालामा धरान उत्सव कार्यक्रम सञ्चालन गरिने भएको छ । धरानमा पाँच दिनसम्म ‘धरान उत्सव’ मनाइने भएको हो । धरान डे अर्थात् धरानको उपमहानगरपालिकाको जन्मदिनका अवसरमा सार्वजनिक विदा समेत दिएर पाँच दिनसम्म उत्सव मनाउन लागिएको आज (शुक्रबार) कार्यपालिका बैठक कक्षमा आयोजित पत्रकार सम्मेलनमा मेयर हर्कराज राई साम्पाङले जानकारी दिए । उत्सब कार्यक्रममा विविध कार्यक्रमका साथ धरान डे लाई मनाउन लागिएको मेयर साम्पाङले पत्रकार सम्मेलनमा जानकारी दिए ।
पौष २०, २१, २२, २३ र २४ गतेसम्म यो उत्सव आयोजना हुन लागेको धरान उत्सव धरान–१६ स्थित रंगशालाको दक्षिणपट्टिको खाली मैदानमा आयोजना हुनेछ । धरान डे उत्सव आयोजना गर्न मेयर साम्पाङ संयोजक र उपमेयर अइन्द्रविक्रम बेघा सहसंयोजक रहेको मूल समारोह समिति र विभिन्न उपसमितिहरु पनि गठन गरिएको कार्यपालिका सदस्य तथा प्रचारप्रसार समिति संयोजक दिनेश गजमेरले जानकारी दिए ।
धरान डे अवसरमा ५ दिनसम्म विभिन्न साँस्कृतिक, खेलकुद, मनोरञ्जनात्मक तथा साहित्यिक, सांगीतिक कार्यक्रमहरु आयोजना गरिनेछ भने उत्सवस्थलमा शैक्षिक, कला साहित्य, खाद्य प्रर्दशनी तथा बिक्री स्टलहरु पनि राखिनेछ । धरान उपमहागनरपालिकाले धरान डे मनाएपछि तत्कालै सुनसरी उद्योग वाणिज्य संघको आयोजनामा धरान एक्स्पो कार्यक्रमको आयोजना गरिने भएको छ । धरान डेमा प्रवेश निःशुल्क हुने साथै स्थानीय, घरेलु उत्पादनहरुको प्रर्दशनी तथा बिक्रीलाई प्राथमकिता दिइने आयोजकले जनाएको छ । कार्यक्रममा रोटेपिङ, बालबालिका रमाउने सामग्री समेत राखिने पत्रकार सम्मेलनमा बताईएको छ । ‘नगरबासीबाट कर मात्रै संकलन गर्ने र नाफा कमाउने भन्ने हाम्रो उद्देश्य पटक्कै होइन’, पत्रकार सम्मेलनमा मेयर साम्पाङले भने, ‘धरानबासीलाई मनोरञ्जन दिलाउने हाम्रोे लक्ष्य हो ।’ मेयर साम्पाङले थपे