धरान/ तेस्रो धरान मेघा रेवाहाङ मेमोरियल बास्केटबल प्रतियोगिताको उपाधि आयोजक धरान मेघा कलेजले जितेको छ । शुक्रवार विहान कलेजको बास्केटबल कोर्टमा सम्पन्न फाइनल खेलको रोमाञ्चक प्रतिस्पर्धामा आयोजक धरान मेघा कलेजले होलिल्याण्ड इन्टरनेसनल स्कुललाई थप समयमा ६२(५९ अङ्कको अन्तरले पराजित गर्दै उपाधि जितेको हो ।
निर्धारित समय सम्ममा दुवै टिमले ५५(५५ बरावर अंक जोडे पछि ४ मिनेट समय थपियो । थप समयमा धरान मेघाले ७(४ अंकको अग्रता लिँदै उपाधि जितेको हो । निर्धारित समयको प्रत्येक क्वाटरमा धरान मेघा र होलिल्याण्ड्ले १६(८, ४(८, २०(१९ र १५(१० अङ्क जोडेका थिए । फाइनल खेलमा धरान मेघाका प्रशान्त तामाङले उत्कृष्ट प्रदर्शन गर्दै व्यक्तिगत ३३ अंक थपेका थिए ।
उपाधि सँगै धरान मेघा कलेजले नगद २५ हजार रुपैयाँ, ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ । उपबिजेता होलिल्याण्ड स्कुलले नगद १२ हजार ५ सय रुपैयाँ, ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त र्गयो । प्रतियोगिताको मोस्ट भ्यालुएबल प्लेयरको एमभिपी उपाधि आयोजक धरान मेघाका प्रशान्त तामाङ घोषित भए । उनले नगद २५००, ट्रफी, प्रमाणपत्र र फ्रेन्ड्स सिनेमाको दुई ओटा फ्री कुपन प्राप्त गरे ।
प्रतियोगिताको उदयिमान खेलाडी ९राइजिङ प्लेयर०को उपाधि मेघा कलेजका सिजन गुरुङले प्राप्त गरे । उनले नगद १०००, ट्रफी, प्रमाणपत्र र फ्रेन्ड्स सिनेमाको दुई ओटा फ्री कुपन प्राप्त गरे । समापन समारोहका प्रमुख अतिथि धरान उपमहानगरपालिका उपमेयर अइन्द्र विक्रम बेघा, सभापति कलेजका अध्यक्ष कैलाश लिम्बू, सुनसरी बास्केटबल संघका अध्यक्ष नारायण सुवेदी, रेवाहाङ रुछेन्बुङ स्मृति प्रतिष्ठानका अध्यक्ष रेवतिरमन राई, धरान(१८ वडा सदस्य जमुना त्रिखत्री मोक्तान लगायतले विजेता तथा उपबिजेता टिमलाई पुरस्कार वितरण गरे ।
कक्षा १२ सम्मका विद्यार्थीहरुले मात्र सहभागिता हुन पाउने प्रतियोगितामा १४ टिमको सहभागी रहेको थियो । प्रतियोगिता सुनसरी बास्केटबल संघ र धरान बास्केटबल संघको प्राविधिक सहयोगमा सञ्चालन गरिएको थियो ।