बराहक्षेत्र/भुरुवा बन्दुक र मृगको मासुसहित २ जना पक्राउ परेका छन् । सुनसरी जिल्लाको बराहक्षेत्र–१ मा मृगको मासु,भरुवा बन्दुक सहित २ जनालाई प्रहरीले पक्राउ गरेको हो । बराहक्षेत्र १ बगुवा स्थित तल्लो टोलमा मृगको मासु काटिरहेको अवस्थामा बराहक्षेत्र १ बगुवा बस्ने ४४ वर्षीय मन कुमार राई र वर्ष ४२ राजेन्द्र राईलाई प्रहरीले पक्राउ छ ।

8605833d-f161-466f-ad2d-796c48be10e6

विशेष सूचनाको आधारमा छापा मार्दा वडा नं. ०१ बस्ने बर्ष अं. ४० को सुमन राईको बाँसको टाटी बेरा टिनको छानो भएको भान्सा घर भित्र मृगको मासु ५ किलोग्राम र भरुवा बन्दुक ३ थान सहित राईलाई आज सोमवार बिहान २ः१० इलाका प्रहरी कार्यालय चक्रघट्टी र इलाका प्रहरी कार्यालय चतराको सयुक्त टोलीले पक्राउ गरेको इलाका प्रहरी कार्यालय चक्रधट्टीका प्रहरी निरीक्षक विकाश राईले जानकारी दिए ।