सुनसरीको धरानमा २५ औं संस्करण आमगमी माघ १९ गते देखि सञ्चालन हुने भएको छ । बुढासुब्बा गोल्डकपमा भारत, भुटानसहितका १० टिम खेलाडीको सहभागिता रहने आयोजक धरान फुुटबल क्लबका अध्यक्ष प्रताप तामाङले पत्रकार सम्मेलन बोल्दै जानकारी दिए । सोमवार पत्रकार सम्मेलनमा क्लबका अध्यक्ष तामाङले गोल्डकपको तीब्र रुपमा तयारी भईरहेको बताए । विजेताको १० लाख नगद पुरस्कार धरान हङकङ मञ्च लगायत हङकङका नेपाली संघ संस्थाहरूले प्रयोजन गर्ने अध्यक्ष तामाङले जानकारी दिए ।
उपविजेतालाई प्रदान गरिने ५ लाख रुपैयाँ पोर्चुगल निवासी अर्जुन राईले प्रायोजन गर्ने निश्चित भएको छ । मुख्य प्रायोजक टुबोर्ग बियरले १२ लाख, सहप्रायोजक रेडबुलले ५ लाख रुपैयाँ दिने कुरा भएको छ । आइएमई बैङ्क, क्वालिटी नुडल्स लगायत गोल्डकपको सहप्रयोजक रहने छन् । धरान उपमहानगरपालिका युवा तथा शिक्षा महाशाखा प्रमुख गणेशप्रसाद खतिवडाले गोल्डकपको रजत उत्सवलाई ‘धरान उत्सव’सँग जोडेर विशेष स्थान दिइने कार्यक्रम तर्जुमा गरिने बताए ।
धरान फुटबल क्लबका संस्थापनका अध्यक्ष किशोर राईले धरानबाट सुरु भएको बुढासुब्बा गोल्डकपले नेपाली फुटबलमा नयाँ लहर ल्याएको बताए । उनले भने ‘धरानले गर्व गर्नुपर्ने बुढासुब्बाको रजत जयन्ती बैण्डबाजा सहित खेलाडीहरूर्को याली प्रदर्शन गरेर मनाउनु पर्दछ ।’पत्रकार सम्मेलनमा अध्यक्ष तामाङले अघिल्लो गोल्डकपमा कोशी प्रदेश खेलकुद विकाश बोर्ड, खेलकुद परिषद्ले गर्ने भनिएको आर्थिक सहयोग प्राप्त नभएको बताए ।
यसपालि तर्जुमा गरिएको बजेटमा धरान उपमहानगरपालिका १० लाख, कोशी प्रदेश खेलकुद विकास बोर्ड १० लाख, धरान उपमहानगरपालिका २० वटै वडा कार्यालयबाट १२ लाख, स्थानीय सङ्घ संस्था, व्यक्तिहरूबाट ८ लख, राखेपबाट १० लाख आय हुने अनुमान गरिएको छ । यसैगरी धरान युके हेल्पिङ हेण्ड्स, हङकङ नेपाली महासङ्घ, धरान–८ समाज हङकङ, धरान–१७ समाज हङकङ, धरान युथ एशोसिएशन हङकङ, धरान हेल्पिङ हेण्ड्स युएई, धरान बहराईन एकता समाज, अस्ट्रेलिया, पोर्चुगल, जापान, दुबई, कोरिया, अमेरिका, मकाउ लगायतका नेपालीहरूबाट सहयोग प्राप्त हुने बताइएको छ ।
पत्रकार सम्मेलनमा जारी विज्ञप्तिमा कुल अनुमानित आय १ करोड २ लाख २५ हजार रुपैयाँ छ । कुल खर्च ९८ लाख, ७५ हजार रुपैयाँ खर्च हुने अनुमान गरिएको छ । २५ औँ बुढासुब्बामा पहिलो पटक नयाँ टिमको रूपमा भुटान फुटबल एकेडेमी सहभागी हुने बताइएको छ । सहभागी टिमहरूमा एनआरटी काठमाडौँ, लिग च्याम्पियन चर्च ब्वाईज, नेपाल पुलिस क्लव, त्रिभुवन आर्मी, इटहरी जागृती क्लव, युके एफसी भारत, मचिन्द्र क्लव काठमाडौँ, काँकडभिट्टा फुटबल ट्रेनिङ सेन्टर, धरान फुटबल छन् ।
गोल्डकप विजेतालाई नगद १० लाख रुपैयाँ र उपविजेताले नगद ५ लाख रुपैयाँ पुरस्कार प्रदान गरिने छ । उत्कृष्ट खेलाडी नगद १ लाख र प्रत्येक खेलको म्यान अफ द म्याचलाई नगद १० हजार प्रदान गरिने छ । उत्कृष्ट गोल रक्षक २५ हजार, उत्कृष्ट डिफेन्स, उत्कृष्ट मीड फिल्डर, उत्कृष्ट स्ट्राइकर, उत्कृष्ट प्रशिक्षकलाई जनही २५ हजार पुरस्कार राखिएको छ । सर्वाधिक गोलकर्तालाई नगद ३५ हजार प्रदान गरिने छ ।
पत्रकार सम्मेलनमा धरान फुटबल क्लबले गोल्डकपको आयस्रोतका लागि १ करोड रुपैयाँको अक्षयकोष स्थापना गर्ने महासचिव नविन राईले जाकारी दिए । त्यस्तै,अध्यक्ष तामाङले हङकङमा छुट्टै ५० लाख रुपैयाँको अक्षयकोष स्थापना गर्ने योजना भएको जानकारी दिए