धरान/ उपमहानगरपालिका र प्रदेश १ सरकारको सहयोगमा पौष २५ गते देखि सञ्चालन हुने भएको छ । पौष २५ देखि माघ ५ गतेसम्म सञ्चालन हुने एक्स्पो धरानको रंगशालामा लगाईने भएको हो । एक्स्पोका लागि रंगशालामा अस्थायी संरचना निर्माण गर्ने र आवश्यक अन्य व्यवस्थापनलाई आयोजकले तीव्रता दिएका भएका छन् ।

2 New Live Add

कृषि उत्पादन, कृषि उद्यम, उद्योग र पर्यटनको विकासमा योगदान पुर्याउने उद्देश्यले एक्स्पो आयोजना गरिएको संघका अध्यक्ष विजय श्रेष्ठले जानकारी दिए । ‘मोरङ, झापा, इलाम, उदयपुर, धनकुटा, तेह्रथुम, संखुवासभा र भोजपुरबाट मानिसहरु एक्स्पो अवलोकन एवम् व्यापार गर्न आउने अपेक्षा गरेका छौं’उनले भने, ‘एक्स्पोले धरानको सुस्ताएको बजारलाई सक्रिय बनाएर व्यापार तथा व्यवसायिक क्षेत्रको पुनरुत्थानमा टेवा पुर्याउने विश्वास लिएका छौँ ।’

8605833d-f161-466f-ad2d-796c48be10e6

धरान एक्स्पो २०८१ का संयोजक गोपाल श्रेष्ठले एक्स्पोले अर्थतन्त्रलाई थप टेवा पुग्ने विश्वास व्यक्त गरे । उनका अनुसार नेपाल, भारत, पाकिस्तान लगायतका राष्ट्रहरूबाट गरि एक्स्पोमा एक सय ४२ स्टलले आ(आफ्नो उत्पादन र सेवा ब्रिकि, प्रदर्शनी एवम् प्रवद्र्धन गर्नेछन् । एक्स्पोमा दैनिक २० हजार अवलोकनकर्ताहरूले अवलोकन गर्ने र एक्स्पो अवधिभर १० करोड बढीको व्यापार हुने आयोजकले अनुमान गरेको छ ।

Adhan Sunchadi add

kismas Subhakamna 2025

एक्स्पोमा बाल उद्यान, मनोरञ्जनका लागि रेटेपिङ, नाउ लगायत खेल सामग्री सञ्चालन गरिएको छ भने हरेक साँझ राष्ट्रिय, स्थानीय कलाकार र समूहले प्रस्तुति दिनेछन् । साङ्गीतिक तथा मनोरञ्जनात्मक कार्यक्रमबाहेक एक्स्पो अवधिभर ‘स्वरोजगार तालिम’ र ‘पर्यटन गोष्ठी’ पनि आयोजना गरिने आयोजकले जनाएको छ । 

301237839-775165910202031-1577179248258595507-n