धरान/ उपमहानगरपालिका र प्रदेश १ सरकारको सहयोगमा पौष २५ गते देखि सञ्चालन हुने भएको छ । पौष २५ देखि माघ ५ गतेसम्म सञ्चालन हुने एक्स्पो धरानको रंगशालामा लगाईने भएको हो । एक्स्पोका लागि रंगशालामा अस्थायी संरचना निर्माण गर्ने र आवश्यक अन्य व्यवस्थापनलाई आयोजकले तीव्रता दिएका भएका छन् ।

2 New Live Add

कृषि उत्पादन, कृषि उद्यम, उद्योग र पर्यटनको विकासमा योगदान पुर्याउने उद्देश्यले एक्स्पो आयोजना गरिएको संघका अध्यक्ष विजय श्रेष्ठले जानकारी दिए । ‘मोरङ, झापा, इलाम, उदयपुर, धनकुटा, तेह्रथुम, संखुवासभा र भोजपुरबाट मानिसहरु एक्स्पो अवलोकन एवम् व्यापार गर्न आउने अपेक्षा गरेका छौं’उनले भने, ‘एक्स्पोले धरानको सुस्ताएको बजारलाई सक्रिय बनाएर व्यापार तथा व्यवसायिक क्षेत्रको पुनरुत्थानमा टेवा पुर्याउने विश्वास लिएका छौँ ।’

Adhan Sunchadi add

8605833d-f161-466f-ad2d-796c48be10e6

धरान एक्स्पो २०८१ का संयोजक गोपाल श्रेष्ठले एक्स्पोले अर्थतन्त्रलाई थप टेवा पुग्ने विश्वास व्यक्त गरे । उनका अनुसार नेपाल, भारत, पाकिस्तान लगायतका राष्ट्रहरूबाट गरि एक्स्पोमा एक सय ४२ स्टलले आ(आफ्नो उत्पादन र सेवा ब्रिकि, प्रदर्शनी एवम् प्रवद्र्धन गर्नेछन् । एक्स्पोमा दैनिक २० हजार अवलोकनकर्ताहरूले अवलोकन गर्ने र एक्स्पो अवधिभर १० करोड बढीको व्यापार हुने आयोजकले अनुमान गरेको छ ।

kismas Subhakamna 2025

एक्स्पोमा बाल उद्यान, मनोरञ्जनका लागि रेटेपिङ, नाउ लगायत खेल सामग्री सञ्चालन गरिएको छ भने हरेक साँझ राष्ट्रिय, स्थानीय कलाकार र समूहले प्रस्तुति दिनेछन् । साङ्गीतिक तथा मनोरञ्जनात्मक कार्यक्रमबाहेक एक्स्पो अवधिभर ‘स्वरोजगार तालिम’ र ‘पर्यटन गोष्ठी’ पनि आयोजना गरिने आयोजकले जनाएको छ । 

301237839-775165910202031-1577179248258595507-n