भोक्रा/सुनसरीमा चाइनिज पेस्तोल गोलीसहित आलम पक्राउ परेका छन् । म्यागजिन थान–१ र गोली २ राउण्डसहित भोक्रा नर्सिङ गाउँपालिका–२ समशेर आलम पक्राउ परेको हो । आलमले घरमा लुकाइछिपाइ राखेको ठूलो चाइनिज पेस्तोल एकथान, र त्यसमा लाग्ने गोली २ राउण्डसहित प्रहरीले आलमलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रवक्ता डीएसपी रामप्रसाद तिमल्सिनाले जानकारी दिए ।

भोक्राहा नर्सिङ गाउँपालिका–२ अकाहा बजार बस्ने खुर्सित आलमको घरमा छापा मारी चाइनिज पेस्तोलसहित उनलाई पक्राउ गरिएको प्रहरीले बताए । गोप्य सूचनाको आधारमा खुर्सित आलमको घरमा छापामारी प्रहरीले उनलाई अवैध हतियार पेस्तोलसहित पक्राउ गरी अनुसन्धान थालिएको प्रहरीले जनाएको छ । प्रहरीले खुर्सित आलम फरार रहेकाले खोजी जारी राखेको छ ।

आलमको साथबाट एकथान अत्याधुनिक चाइनिज पेस्तोल, पेस्तोलको म्यागजिन एकथान र २ वटा गोली बरामद गरिएको छ । उनले घरको पुरानो भान्छा कोठाको टिनको छानामुनी काठको चौकोसमा कालो प्लास्टिकमा लुकाइ पेस्तोल राखेको पाइएको प्रहरीले जनाएको छ । उनीविरुद्ध मुलुकी अपराधसंहिता २०७४ को हात हतियार खजाना सम्बन्धी कसुरमा विस्तृत अनुसन्धान भइरहेको डिएसपी तिम्सिनाले जानकारी दिए ।



















