धरान/पत्रकार गोपाल दाहाललाई धम्की आएको घट्नाबारे स्थलगत अध्ययन गर्न मिडिया मिशन गठन गरिएको छ । नेपाल पत्रकार महासंघ केन्द्रीय समितिले समाचारको बिषयमा धरानका पत्रकार गोपाल दाहाललाई ज्यान लिनेसम्मको धम्की आएको सन्दर्भमा मिडिया मिशन खटाउने निर्णय गरेको हो ।

301237839-775165910202031-1577179248258595507-n

महासंघको २७ औं महाधिवेशन अन्तर्गत नवनिवार्चित केन्द्रीय समिति बैठकको आज (मंगलबार) को बैठकले यस्तो निर्णय गरेको महासचिव रामप्रसाद दाहालले जानकारी दिएका छन् । बैठकले स्थलगत अध्ययन गरी सात दिनभित्र प्रतिवेदन केन्द्रीय समितिमा पेस गर्नेगरी मिशन खटाउने निर्णय गरेको महासचिव दाहालले विज्ञप्ती जारी गर्दै जानकारी दिएका छन् । बैठकले महासंघका केन्द्रीय सदस्य कमल रिमालको संयोजक रहेको ५ सदस्यीय मिशन गठन गेको छ । मिशनको सदस्यमा केन्द्रीय सदस्य शंकर खरेल, वरिष्ठ पत्रकार हर्ष सुब्बा, महासंघ कोशी प्रदेश समिति अध्यक्ष भरतबहादुर खड्का र महासंघ सुनसरी शाखाका अध्यक्ष सन्तोष काफ्ले सदस्य छन्।

11, Bhedetra utsavAdd

पत्रकार दाहालले खोज पत्रकारिता केन्द्रको लागि धरानका मेयर हर्कराज राई (साम्पाङ)को अभियान र कार्यहरुबारे रिपोर्ट तयार गरेका थिए । उक्त रिपोर्टमा विगतमा मेयर साम्पाङलाई नक्कली माओवादी बनेर रकम असुलीको आरोप लागेको प्रसंग उल्लेख भएपछि साम्पाङले पनि सामाजिक सञ्जाल फेसबुकबाट दाहालको पत्रकारिता सिध्याउने धम्कीपुर्ण अभिव्यक्ति दिएका थिए भने उनका समर्थकहरुले फोन, म्यासेज गरेर धम्की दिएको पत्रकार दाहालले बताएका छन् । उनले शान्ति सुरक्षाको माग गर्दै प्रहरीमा निवेदनसमेत दिएका थिए । 

kismas Subhakamna 2025

महासंघको सोही बैठकले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता, श्रमजीवी पत्रकारको हकहित र आर्थिक संकट व्यहोरिरहेको नेपाली पत्रकारिता क्षेत्रको संस्थागत विकासका लागि दृढतापूर्वक उभिने प्रतिवद्धता पनि जनाएको छ । यस्तै, केन्द्र, प्रदेश र स्थानीय तहबाट निर्माण हुँदै गरेका सञ्चारसम्बन्धी कानुनहरूलाई प्रेस स्वतन्त्रतामैत्री बनाउन सम्बन्धित पक्षको ध्यानाकर्षण गराउनुको साथै खबरदारी गर्ने पनि बैठकले निर्णय गरेको विज्ञप्तीमा उल्लेख गरिएको छ ।