धरान/हिबिस्कस इङलिस बोर्डिङ स्कुलले आयोजना गरेको सुनसरी जिल्लाव्यापी हाजिरीजवाफ प्रतियोगिता ९हिबिस्कस क्विज मेनिया, सिजन–३ मा ६ वटा विद्यालय फाइनलमा प्रवेश गरेका छन् । स्कुलको प्राङ्गणमा भएको पहिलो चरणबाट ६ वटा बिद्यालयहरु फाईनलमा प्रबेश गरेका हुन ।
फाईनलमा प्रबेश गर्ने बिद्यालयहरुमा आयोजक हिबिस्कस इङ्लिस बोर्डिङ, बिष्णु मेमोरियल मा।बि।, बराहक्षेत्र तित्रीगाछि स्थित महेन्द्र मा।बि, धरान–५ स्थित देउराली चिल्ड्रेन एकेडेमी, रामधुनिको आरम्भ बिद्या मन्दिर र धरान मेघा–हिमालयन स्कुल रहेका छन।
क्वालिफाईङ राउन्डमा ५० वटा वहुबैकल्पिक प्रश्नहरु सोधिएका थिए
बिद्यार्थीहरुलाई अहिले देखि नै लोकसेवा आयोगको तयारी गर्न सहयोग पुगोस र अध्ययन गर्ने बानीको बिकास होस भन्ने उद्येश्यले क्विज मेनिया कार्यक्रम गरिएको स्कुलका सल्लाहकार पवन झाले बताए । प्रतियोगितामा सुनसरी जिल्ला भरिबाट ३६ वटा बिद्यालयले सहभागीता जनाएको कार्यक्रम संयोजक शिक्षक सुबास मोक्तानले जानकारी दिएका थिए ।
प्रतियोगिताको फाईनल सनिबार हुने स्कुलका म्यानेजिङ डाईरेक्टर गङ्गाराम राईले जानकारी दिए। फाईनलमा जेनेरल राउन्ड, बजर, अडियो भिजुअल र ¥यापिड फायर गरी चार राउन्ड हुने कार्यक्रम संयोजक मोक्तानले जानकारी दिए । प्रतियोगितामा पहिलो हुने बिद्यालयले १५ हजार रुपैया नगद, रनिङ ट्रफी, मेडल र प्रमाण–पत्र प्राप्त गर्नेछ।दोश्रो र तेश्रो हुनेले क्रमश १० हजार र ८ हजार नगद, मेडल र प्रमाण–पत्र प्राप्त गर्नेछ । यसैगरी चौथो, पाचौ र छैटौं हुनेले क्रमश ६ हजार, ४ हजार र २ हजार नगद र प्रमाणपत्र प्राप्त गर्नेछ । कार्यक्रम संचालन शिक्षक नयन राईले गरेका थिए ।
विद्यार्थीहरुको वौद्धिकतालाई प्रष्फुटन गर्न र लोकसेवा आयोगमा सफल नतिजा ल्याउनमा सहयोग पुगोस भन्ने उदेश्यले प्रतियोगिताको आयोजना गर्दै आएको स्कुलका निर्देशक गंगाराम राईले वताए । उनले आगामी दिनमा पनि प्रतियोगितालाई निरन्तरता दिदै जाने वताए ।