धरान/ हिबिस्कस बोडिङ स्कूलले विभिन्न कार्यक्रम सहित १८ औं वार्षिक उत्सव कार्यक्रम सम्पन्न गरेको छ । धरान– १५ मा अवस्थित हिविस्कस स्कूलले आफ्नो १८ औं बार्षिक उत्सब कार्यक्रमको अवसरमा हाजिरी जवाफ गायन र नृत्य कार्यक्रम सहित उत्सब सम्पन्न गरेको हो ।
उत्सब कार्यक्रममा २०८० सालको वार्षिक परीक्षामा पहिलो, दोश्रो र तेश्रो हुने नर्सरी देखि कक्षा–११ सम्मका विद्यार्थीहरुलाई बार्षिक खेलकुद गायन विधामा उत्कृष्ट हुनेलाई पुरस्कार र प्रमाण–पत्र बितरण गरिएको थियो । कार्यक्रमका प्रमुख अतिथि माननीय रमेश कुमार वस्नेतले नीजि स्कुलहरुले शिक्षा क्षेत्रमा ठूलो योगदान पु¥याएको वताउदै समुदायमा शिक्षाको प्रभाव छरेको वताए । समुदायसंग मिलेर निजी विद्यालयहरु अघि वढेको वताउदै पढाईका साथै अतिरिक्त विभिन्न क्षेत्रमा समेत निजि विद्यालयहरुले विद्यार्थीहरुलाई अघि वढाएको समेत सांसद बस्नेतले थपे ।
उत्सब कार्यक्रममा बोल्दै फरक प्रसंशमा पछिल्लोे समय मोवाइलले मानिसलाई सुुचनाको पहुँचमा टेवा पुु¥याए पनि सामजिक सञ्जाललाई युवा पुुस्ताले सही तरिकाले सदुुपयोग नगरेको सांसद बस्नेतले बताए । सही तरिकाले मोबाईल सदुुपयोग नगर्दा समाजमा बिकृति तथा विसंगती फैलिएको आरोप युवा पुस्तालाई लाग्ने गरेकाले सामजिक सञ्जाल प्रयोग गर्ने मानिसहरुले त्यस्ता समस्या प्रति ध्यान दिन पर्ने सांसद बस्नेतको तर्क थियो ।
उत्सब कार्यक्रममा विद्यार्थीहरुले आकर्षक नृत्य, गायन र फेशन सो आदि प्र्रस्तुत गरेर सहभागी अभिभावकहरुलाई भरपुर मनोरन्जन प्रदान गरेका थिए । कार्यक्रमको अवसरमा विद्यालयले संचारकर्मी रस्मी प्रधानलाई नगद ५ हजार सहित दोसल्ला ओढाएर सम्मान गरेको थियो । कार्यक्रमका प्रमुख अतिथि वस्नेतले दोसल्ला ओढाई सम्मान पत्र र नगद सहित सम्मान गरिएको हो । हिबिस्कस विद्यालयले हरेक वर्ष वार्षिक उत्सवका अवसरमा एकजना संचारकर्मीलाई पुरस्कृत गर्दै आएको छ ।
उत्सब कार्यक्रममा धरान १५ का वडा अध्यक्ष नरेश इवारम, नेपाल पत्रकार महासङ्घ सुनसरीका अध्यक्ष जनक ऋषि राई, श्यामचोक युवा समाजका अध्यक्ष ललित योन्जन, श्यामचोक समाजका अध्यक्ष दिनेश रानामगर लगायत विभिन्न संघ संस्थाका प्रमुख तथा प्रनिधिको सहभागीता रहेको थियो । कार्यक्रम विद्यालयको प्रबन्ध निर्देशक गंगाराम कुलुङको अध्यक्षतामा सम्पन्न भएको हो । कार्यक्रम शिक्षक नयन राईले संचालन गरेका थिए ।