धरान/कुलुङ जातिको चाक्चाकुुर पर्वलाई रान्ट्रीय रुपमा मनाउनु पर्ने कोशी प्रदेश आन्तरिक मामिला तथा कानुनमन्त्री रेवतीरमण भण्डारीलले बताएको छ । सोमबार कुुलुुङ जातिहरुको महान चाड मिनारी दाचाम् चासुम्लो निङ्दोङ चाक्चाकुर तथा येलेदोङ ५०८५ को अवसरमा आयोजित कार्यक्रममा बोल्दै मामिला तथा कानुनमन्त्री भण्डारीले यस्तो कुरा बताएको हो । 

4

नेपाल किरात कुलुङ भाषा संस्कृति उत्थान संघ सुनसरीले आयोजना गरेको चाक्चाकुर विशेष कार्यक्रमको उद्घाटन गर्नु हुँदै प्रमुख अतिथी समेत रहेका मन्त्री भण्डारीले आफ्नो संस्कार संस्कृति जोगाइ राख्नु सबैको दायित्व रहेको बताउदै कुलुङ जातीको बिषयमा प्रदेश सरकार गम्भीर रहेको र मुख्यमन्त्री भेटेपछि कुुलुुङको जातिको बारेमा छलफल गर्ने समेत मन्त्री भण्डारीले प्रतिबद्धता जनाए । 

11, Bhedetra utsavAdd

हरेक धर्म संस्कृतिको संरक्षण र जगेर्ना राज्यले गर्नु पर्ने सबिधानमै उल्लेख रहेकोले कुलुङ जातीको पहिचान र छुटै जातीको रुपमा सरकारले सम्बोधन गर्ने कुरामा शंखा नगर्न कुलुङ समुदायलाई मन्त्री भण्डारीले आग्रह गरे । कुलुङ जातीको आफ्नै भाषा आफ्नै लिपि आफ्नै भेषभुषा रहेको कार्यक्रममा आएपछि मात्र आफुुलाई थाहाँ भएको मन्त्री भण्डारीले बताए । कुलुङ जातिको महान पर्व चाक्चाकुरमा निमन्त्रणा गरी सम्मान गरेकाले मन्त्री भण्डारीले कुलुङ समुदायहरुमा शुभकामना व्यक्त गरेका थिए । 

301237839-775165910202031-1577179248258595507-n

कुुलुुङ समुदायले पहिचान र अधिकारको लागि ३० बर्ष देखि शान्ती पुर्ण आन्दोलन गर्दै आईरहेको तर सरकारले कुनै सुनुवाई नगरेको नेपाल किरात कुलुङ भाषा संस्कृति उत्थान संघ केन्द्रीय उपाध्यक्ष तथा भोजपुुर जिल्लाको साल्पासिलीछो गाउँपालिकाका अध्यक्ष दौलत कुुलुुङुले बताए । नेपालमा रहेको १ सय ४२ जाती जस्तै कुलुङ पनि एक जाती रहेको उल्लेख गर्दै २०४७ सालको सबिधानले पहिचान, अस्तीत्व, भाषा, लिपि संरक्षण गर्ने अधिकार दिए संगै २०५३ साल देखि कुलुङहरु संस्थागत संगठित भएको संघका उपाध्यक्ष कुुलुसङ बताए । 

134

कुलुङले आन्दोलनको नाममा सडक अबरुद्व नगरेको, प्रहरीलाई ढुङ्गा नहानेको बैचारिक रुपमा आन्दोलन गर्दै आएको जानकारी गराउदै मन्त्री मार्फत प्रदेश सरकारलाई कुलुङ जातीलाई कमजोर रुपमा नलिन समेत उपाध्यक्ष कुुलुुङले सुझाए । कुलुङ जातीले आफ्नो महान् पर्वको रुपमा मनाउने चाक्चाकुर पर्व धरान उपमहानगरपालिका–५ नम्बर वडा देवीगाउँमा रहेको किरात कुलुङ भाषा संस्कृति उत्थान संघ सुनसरीको कार्यलयमा प्रत्येक वर्षको पौष १५ मा कुलुङ समुदायले चाक्चाकुरलाई भव्यरुपमा मनाउदै आएका छन् । चाक्चाकुरमा कुलुङ समुदायको मानिस भेला भएर ढोल र झ्याम्टा बजाउदै तोस शिल साकेला नाच्दै मनोरञ्जनात्मक कार्यक्रम सहित प्रत्येक पौष १५ मा मनाउने गर्छन् ।

3 1

चाक्चाकुर पर्व कुलुङ जातिको बाहुल्यता रहेको भोजपुर, संखुवा सभा, सोलुखुम्बु, इलाम, धनकुटा, सुनसरी लगायतका जिल्लामा मनाउने गरेको नेपाल किरात कुलुङ भाषा संस्कृति उत्थान संघ सुनसरीका अध्यक्ष मानुमध्वज कुलुङले जानकारी दिए । नयाँ वर्षमा सह होस् र अनिकाल नलागोस् भनेर पितृ र प्रकृतिलाई पूजाआजा गरी चाक्चाकुर पर्व मनाउने अध्यक्ष कुुुलुुङले बताए । कार्यक्रममा कुलुङ जातीको पुर्खाहरुले प्रयोग गरेको भेषभुषा, तोस शिली, भाषाको गित र खानाको परिकारहरु पनि प्रर्दशनी गरिएको थियो ।