धरान/पुलिस स्कुलले लगातार चौथो पटक ललित अम्बर डिपो कपको उपाधी चुमेको छ । डिपो स्कुलको आयोजनामा पुस १२ गते देखि सुरु भएको १९ औ अम्वर ललित डिपो कपको फाइनलमा शुक्रवार आयोजक डिपो स्कुल रेड टिमलाइ टाइब्रेकरमा पराजित गर्दै लगातार चौथो पटक पुलिस स्कुलले उपाधी माथी कब्जा जमाएका हुन ।
अत्यन्तै प्रतिश्पर्धात्मक भएको खेलमा निर्धारित समयमा दुवै तर्फ कुनै गोल हुन नसके पछि खेल टाइब्रेकरमा धकेलिएको थियो । टाइब्रेकरमा ४(२ गोल अन्तरले डिपोलाइ प्राजित गर्दै पुलिस स्कुलले चौथो पटक उपाधी माथी आफ्नो कब्जा जमाएको छ । टाइब्रेकरमा पुलिस स्कुलका बिनायक निरौला, मनिकुमार लिम्बू, अङ्सु बास्फोर र नियुस खड्काले गोल गरेका थिए । यसैगरि डिपो स्कुलका कुशल राई र करन खड्काले मात्र गोल गर्न सके ।
प्रतियोगिताका बिजेताले नगद ११ हजार १ सय ११ रुपैया ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ । उपबिजेताले डिपो स्कुलले नगद ७ हजार १ सय ११ र तेस्रो उपाधी बिजेता इमानुयलले ५ हजार १ सय ११ रुपैया, ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेका छन । यसै गरि दिलबहादुर प्लेट च्याम्पियनका उपाधी बिजेता जोलसाय स्कुलले नगद ३ हजार र उपबिजेता आयोजक डिपो स्कुल पहेलो टिमले नगद २ हजार, ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेका छन । डिपो कपको तेस्रो उपाधी र प्लेट च्याम्पियनको उपाधिको खेल फाइनल खेलको आघिल्लो दिन बिहिबार भएको थियो ।
प्रतियोगिताको उत्कृष्ट खेलाडी डिपो स्कुलका कृशल राई, म्यान अफ द म्याच डिपो स्कुलका कुशल राई, राइजिङ प्लेयर डिपो स्कुलका इसाक लावती, उत्कृष्ट गोलकिपर पुलिस स्कुलका ॐअकुमार सिह र हाइ स्कोरर इमानुयल स्कुलका सौगात श्रेष्ठ घोषित भए । उनिहरुले ट्रफी, प्रमाणपत्र र फ्रेन्ड्स सिनेमाको दुई वटा फ्री टिकट प्राप्त गरे ।
उनिहरुलाइ कार्यक्रमका सभाध्य्क्ष डिपो स्कुल ब्यवस्थापन समिती अध्यक्ष क्या। अम्बरबहादुर लिम्बू, प्रमुख अतिथी धरान उपमहानगरपालिका उपमेयर अइन्द्र बिक्रम बेघा, प्रतियोगिता संयोजक दिपबहादुर राई, सुनसरी फुटबल संघ अध्यक्ष नवीन राई, ब्यवस्थापन समिती सदस्य सुर्य पन्धाक लिम्बू , प्राचार्य राजकुमार राई लगायतले पुरस्कार बितरण गरेका थिए । प्रतियोगितामा १६ टिमले सहभागिता जनाएको थियो । प्रतियोगिताको सम्पुर्ण खेल आयोजक डिपो स्कुलको खेल मैदानमा भएको थियो ।