धरान/१२४ वर्ष पुुगेको उपलक्ष्यमा धरान उपमहानगरपालिकाले शनिबार देखि आफ्नो जन्मउत्सब शुुरु गरेको छ । धरान उपमहानगरपालिकाद्वारा धरान स्थापनाको वार्षिकोत्सव मनाउन आयोजित धरान उत्सव आज शनिवार देखि शु्ुरु गरिएको हो । धरानमा मानव बसोबास शुुरु भएको १२४ वर्ष पुगेकोमा अवसरमा ५ दिन सम्म उत्सव मनाइने भएको छ । धरान २०१७ सालमा विधिवत् नगरपालिका घोषणा भएको थियो ।

Dharan Usab Add 2081

धरान(१६ स्थित रङ्गशालामा धरान उत्सव शनिवार देखि सुरु भएको उत्सव २४ गते सम्म लाग्ने छ । उत्सवको उद्घाटन वयोवृद्ध ज्येष्ठ नागरिक ८७ वर्षीय काजीमान गुरुङले गरेका छन् । धरान(१२ पब्लिक स्कुलको खेल मैदानबाट शुुरु भएको विभिन्न संघसंस्थाका झाँकी तथा ¥यालीले बजार परिक्रमा गर्दै धरान उपमहानगरपालिका(१६ स्थित रङ्गशाला पुगेको थियो ।

301237839-775165910202031-1577179248258595507-n

उत्सवको अध्यक्षता धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले गरेका थिए । कार्यक्रममा विभिन्न क्षेत्रमा योगदान पुु¥याएकालाई विभिन्न विधामा सम्मान गरिएको छ । उत्सव स्थलमा शैक्षिक, कला साहित्य, खाद्य प्रदर्शनी तथा बिक्री कक्ष राखिएको छ । पुस २१ गते साइक्लिङ र साहित्य सम्मान कार्यक्रम, पुस २२ गते इस्टर्न सिङ्गिङ सुपर स्टार सिजन(१ र लोक जुहारी कार्यक्रम रहने छ भने पुस २३ गते वाकाथुन, रस्सी तान र छेलो हान्ने कार्यक्रम रहेको छ ।

77

पुस २४ गते श्रमदाता ¥याली, सांस्कृतिक झाँकी प्रस्तुति, प्रशंसा पत्र वितरण र धन्यवाद ज्ञापन कार्यक्रम गरेर उत्सवको समापन गरिने नगर प्रमुख राईले जानकारी दिए । उपमहानगरपालिकाले हरेक वर्ष पुस २० गतेलाई धरान जन्म उत्सवका रूपमा मनाउने गरेको छ । कार्यक्रम अवधिभर एम्बुलेन्ससहित स्वास्थ्य सेवा, पोषण परामर्श, आयुर्वेद तथा वैकल्पिक चिकित्सा पद्धतिको प्रचारका साथै मनोरञ्जनात्मक नृत्य तथा सांस्कृतिक कार्यक्रम र बाल मनोरञ्जनका खेलहरू राखिएको छ । 

dd