धरान/नेपाली कांग्रेसको भातृ संंस्था नेपाल तामाङ संघ, सुनसरीको सभापतिमा बराहक्षेत्रका मनोज तामाङ सर्वसम्मत निर्वाचित भएका छन् । नेपाल तामाङ संघ, सुनसरीको धरानमा नेपाली कांग्रेसका कोशी प्रदेश संसदीय दलका प्रमुख सचेतक माननीय गोपाल तामाङको प्रमुख आतिथ्यमा भएको दोश्रो जिल्ला अधिवेशनवाट तामाङ सहित १५ सदस्यीय कार्यसमिति सर्वसम्मत निर्वाचित भएको हो ।
समितिको उपसभापतिमा शंकार तामाङ र बमबहादुर तामाङ, सचिवमा सन्जे तामाङ र तारा तामाङ, कोषाध्यक्षमा कलादेवि तामाङ, सहसचिवमा माया गोले र प्रमिला तामाङ, सदस्यहरुमा श्यामसुन्दर तामाङ, दिलकुष्ण तामाङ, लक्ष्मी गोले, मोतिमाया तामाङ, राजकुमार तामाङ, केदार तामाङ, इन्द्रराज तामाङ निर्वाचित भएका छन् । प्रमुख अतिथि तामाङले अधिवेशन उद्घाटन गर्दे इतिहासमा तामाङ जातिमाथि चरम शोषण भएको बताउंदै प्रजातन्त्र र गणतन्त्र प्राप्तीमा तामाङ समुदायको महत्वपूर्ण योगदान रहेको बताए । उनले प्रजातन्त्रमा मात्र सबैले हक, अधिकार पाउने भन्दै तामाङ समुदायको पनि प्रजातन्त्र प्राप्त भएपछि मूल प्रवाहमा प्रतिनिधित्व हुन थालेको बताए ।

पूर्व प्रदेश प्रमुख डा. गोविन्द सुब्बाले नेपाली कांग्रेस पार्टीमा माथिवाट केही आउंछ भनेर बस्यो भने संगठन निष्किृय हुने बताउंदै आफु नेतृत्वको संगठनलाई आफैले चलायमान बनाउनुपर्नेमा जोड दिए । नेपाली कांग्रेसका जिल्ला सचिव माधव घिसिङले शुभकामना मन्तव्य राख्दै नेपाली कांग्रेसले मात्र हरेक जातजातिको हक, अधिकार सुनिश्चित गर्ने बताए ।
नेपाली कांग्रेस सुनसरी क्षेत्र नं। १ का सभापति सुजेन्द्र तामाङले लोकतन्त्रमा विश्वास र आस्था राख्ने तामाङ समुदायलाई संगठित गर्दै राजनीतिक, सामाजिक, सांस्कृतिक, धार्मिक, आर्थिक, शैक्षिक लगायत सबैखाले अधिकार सुनिश्चित गर्न नेपाल तामाङ संघको स्थापना भएको बताउंदै समग्र तामाङ जातिमा जागरण ल्याउने गरी नेपाल तामाङ संघले गतिविधि गर्नुपर्ने बताए । त्यसैगरी नेपाल तामाङ संघका कोशी प्रदेश सभापति सुवास तामाङले नेपाल तामाङ संघको उद्देश्य, लक्ष्य, काम, कर्तव्य र अधिकार बारे प्रकाश पार्दै नव निर्वाचित कार्यसमितिले जिल्लाभर प्रतिनिधिसभा क्षेत्र, प्रदेशसभा क्षेत्र, पालिका र वडा तहसम्म संगठन विस्तार गर्न सुझाएका छन् । नवनिर्वाचित पदाधिकारी तथा सदस्यहरु सर्वसम्मत निर्वाचित भएको घोषणा नेपाल तामाङ संघका केन्द्रीय सदस्य तथा केन्द्रीय प्रतिनिधि राजदीप लामाले गरेका थिए भने उनीहरुलाई सपथ ग्रहण संघका कोशी प्रदेश सभापति सुवास राईले गराएका थिए ।

कार्यक्रममा कोशी प्रदेश सांसद माननीय ममता तामाङ, महाधिवशन प्रतिनिधि निलकुमारी गिरी थापा, जिल्ला सदस्य निर्मला नेपाल, नगर सभापति श्याम पोखरेल, प्रजातान्त्रिक विचार समाजका कोशी प्रदेश सभापति डा। जीवनकुमार राई, क्षेत्रीय कोषाध्यक्ष सुवर्ण श्रेष्ठ, क्षेत्रीय सहसचिव सुमित राई, क्षेत्रीय सदस्य श्याम सुब्बा, क्षेत्रीय सदस्यउमेश पौडेल, प्रदेशसभा १९१० कोषाध्यक्ष रमिना सुब्बा गुरुङ, प्रदेशसभा १९१० सहसचिव रमित श्रेष्ठ, नगर सचिव हिमाल श्रेष्ठ, सहसचिव युनेश रानामगर, नेपाल तरुण दल धरानका उपसभापति विक्रम तामाङ, धरान ७ का सभापति सुवर्ण पलिखे, १८ नं। जनप्रतिनिधि वडा सदस्य जमुना त्रिखत्री मोक्तान, नगर सदस्य गणेश चौहान, १५ नं। वडा सचिव गजेन्द्र लिङ्थेप लगायतको उपस्थिति रहेको थियो ।
अधिवेशन नेपाल तामाङ संघ, सुनसरीका संयोजक मनोज तामाङको अध्यक्षता र नेपाली कांग्रेसका क्षेत्रीय सहसचिव सुमित राईको सञ्चालनमा भएको थियो ।




















