धरान/धरान एक्सपो–२०८१ को अन्तिम दिनमा कृषि र पर्यटनसम्बन्धी विशेष गोष्ठी आयोजना गरिने भएको छ। माघ ४ गते कृषि तथा माघ ५ गते पर्यटनसम्बन्धी गोष्ठी हुने आयोजकले जानकारी दिएका छन्।् । कृषि गोष्ठीमा प्रदेश १ का उद्योग, कृषि तथा सहकारी मन्त्री खगेनसिं हाङगामको उपस्थिति रहनेछ भने पर्यटनसम्बन्धी गोष्ठीमा प्रदेश १ का पर्यटन, वन तथा वातावरण मन्त्री सदानन्द मण्डल सहभागी हुनेछन् ।
गोष्ठीका संयोजक सन्दीप शाक्यका अनुसार यी कार्यक्रमहरूको मुख्य उद्देश्य स्थानीय उत्पादनलाई प्रवद्र्धन गर्नु, आधुनिक कृषि पद्धति र पर्यटकीय सम्भावनाबारे जनचेतना फैलाउनु हो। “स्थानीय व्यवसायी, कृषक, र पर्यटन व्यवसायमा लागेकाहरूका लागि यो महत्वपूर्ण प्लेटफर्म हुनेछ। गोष्ठीले नयाँ ज्ञान आदानप्रदान गर्ने अवसर प्रदान गर्छ,” शाक्यले भने ।
पुष २५ गतेबाट शुुरु भएको धरान एक्सपो माघ ५ गतेसम्म सञ्चालन हुनेछ । सुनसरी उद्योग वाणिज्य संघको आयोजनामा भइरहेको एक्स्पोमा १४२ वटा स्टल राखिएको छ । जसमा नेपाल, भारत, बङ्गलादेश र पाकिस्तानका उत्पादन तथा कोसी प्रदेशका १४ जिल्लाका व्यवसायीहरूको सहभागिता छ । एक्स्पोमा स्थानीय उत्पादन र बजारीकरण, पर्यटन प्रवद्र्धन, स्वरोजगार, साहित्य, र वित्तीय क्षेत्रसँग सम्बन्धित विभिन्न स्टल राखिएका छन्। सांस्कृतिक कार्यक्रम, प्रशिक्षण, र विविध मनोरञ्जनका गतिविधिले पनि दर्शकको ध्यान तानेका छन् ।
आयोजकले एक्स्पोबाट १० करोड रुपैयाँ बराबरको कारोबार हुने अपेक्षा राखेका छन्। स्थानीय उत्पादनलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा प्रवद्र्धन गर्ने यो प्रयास धरानको आर्थिक गतिविधि चलायमान बनाउन महत्त्वपूर्ण रहेको आयोजकको विश्वास छ । गोष्ठीहरूका माध्यमबाट स्थानीय व्यवसाय र उद्यमशीलतालाई थप ऊर्जा मिल्ने आयोजकले आशा गरेका छन् । अर्थतन्त्रमा योगदान र्पुयाउने यस्ता प्रयासले धरानलाई मात्र होइन, समग्र प्रदेश १ लाई आर्थिक रूपमा सबल बनाउन मद्दत र्पुयाउनेछ । एक्स्पोमा दिनभरि विविद्यार्थीहरूका लागि विशेष छुटको व्यवस्था गरिएको छ भने साँझ ५ बजेपछि प्रवेश शुल्क लाग्ने छ।