धरान/ सहिद स्मृति माध्यामिक विद्यालय धरान–८का विद्यार्थीहरुलाई निःशुुल्क स्वीटर वितरण गरिएको छ । धरान राउण्ड टेवलले स्कूलका विपन्न परिवारका विद्यार्थीहरुलाई आइतवार निःशुल्क स्वेटर वितरण गरेको हो । राउण्ड टेवलले कक्षा नर्सरी देखि कक्षा ५ सम्मका गरीव तथा विपन्न परिवारका १ सय २५ जना विद्यार्थीहरुलाई निःशुल्क स्वीटर  वितरण गरेको राउण्ड टेवल धरानका अध्यक्ष निमेश अग्रवालले बताए ।

301237839-775165910202031-1577179248258595507-n (1)

विपन्न परिवारका विद्यार्थीहरुको जाडोको समस्यालाई मध्यनजर गदै संस्थाले स्वीटर वितरण गरेको अग्रवालले जानकारी दिए । राउण्ड टेवल धरानले विभिन्न सामुदायिक विद्यालयमा सहयोग गर्दै आएको छ । आगामी दिनमा पनि आवश्यकता र ठाउँ समस्य हेरेर सहयोग गर्नेे अध्यक्ष अग्रवालले जानकारी दिए ।

473257919_1064529342358351_2514873620495785883_n

विद्यार्थीहरुको अवस्था हेरेर जाडोको बेला विद्यालयलाई सहयोग गरेको भन्दै विद्यालयका प्रधानाध्यापक रामबहादुर विष्टले सहयोगी मनहरुलाई धन्यवाद दिए । स्कुलको भौतिक पूर्वाधार लगायत अन्य कुराहरुमा सहयोग गर्न राउण्ड टेवल लगायत विभिन्न दाताहरुलाई प्रधानाध्यापक विष्टले आव्हान र अनुरोध गरेका छन् । कार्यक्रम विद्यालय व्यवस्थापन समिति सदस्य भोला श्रेष्ठको अध्यक्षतामा भएको थियो । कार्यक्रमको संचालन विद्यालयका शिक्षक राजन वनले गरेका थिए ।