धरान/ नेपाल मगर संघ सुनसरीले धरानमा सार ल्हेस पर्व २०८१ भब्य रुपमा मनाएको छ । संघले माघ १ गते मंगलबार हरेक बर्ष झैं यो साल पनि सार ल्हेस पर्व धरान (१० मा अवस्थित सैनिक भवनमा भब्य उल्लासमय रुपमा मनाएको हो । मगरजातिको मौलिक संस्कृति झल्किने नाच,गान ,भेषभुषा लागएर प्रर्दशन सहित पर्व मनाका छन् ।
पर्वको अवसरमा चर्चित गायक सुर्य पुर्ब छाने मगर ले मगर भासाका कर्ण प्रिय गीत गायका थिए । त्यस्तै चर्चित गाइका सुनिता थापा मगरले पनि नेपाली गीत गाएर महोल ततायकी थिइन् । त्यस्तैः धरानका कलाकार गंगा बर्दानले नेपाली तथा नयाँ गीतहरु गाएर मनोरञ्जन दिलाएका थिए । कार्यक्रमका प्रमुख अतिथिको रूपमा रहनु भयका धरान उपमहानगर पालिकाका उपमेयर आइन्द्र बिक्रम बेघाले नेपालको पुर्ब देखि पश्चिम भेग सम्म फैलियका मगर जातिको पनि आफ्नै परम्परा ,संस्कृति रहेकोले हरेक वर्ष माघ १ गते सार ल्हेस पर्व भब्य रूपमा मनाउने गरेको बताए ।
नेपाल मगर संघ सुुनसरीका अध्यक्ष चित्र राज थापा मगर ले हाम्रो मौलिक चाड पर्व मध्ये आज माघे सन्क्रान्ती को दिन यो सार ल्हेस पर्व हरेक वर्ष मनाउने गरेको बताए । कार्यक्रममा मगर समुदायका कलकार साथै विभिन्न संघ संस्थाका प्रमुुख तथा प्रतिनिधिहरुको सहभागीता रहेको थियो ।