ताप्लेजुङ/ताप्लेजुङको पाथीभरा मन्दिर केबलकार निर्माणको विवाद चर्किंदै गएको छ । माघ १२ गते विरोध गर्नेहरु र प्रहरीबीच झडप भई आन्दोलनकारीहरु घाइते भए भने उक्त घट्नाको विरोधमा माघ १५ गतेदेखि ताप्लेजुङमा अश्चितकालिन यातायात बन्द भएपछि पूुर्वि पहाडी जिल्लाका मानिसहरुको जनजीवन कष्टकर बन्दै गएको हो । पाथीभरा मन्दिर क्षेत्रमा केबलकार बनाउन नहुने बताउँदै आएका स्थानीवासी र प्रहरीबीच भएको झडपमा गोली लागेर तीन जना घाइते भएका थिए ।घाइतेको काठमाण्डौमा उपचार भइरहेको छ भने उपचार खर्च सरकारले व्यहोर्ने पनि भनेको छ ।

सरकारले दमन गरेपछि यातायात नै बन्द गरेर केबलकारको विरोध गर्नेहरुले गरेको बन्दका कारण मेची राजमार्ग र ताप्लेजुङ, पाँचथर, इलाम लगायत तमोर करिडोर र तेह्रथुमबाट ताप्लेजुङ छिर्ने सबै नाकाहरू ठप्प रहेका छन् । मुकुम्लुङ संरक्षण अन्तर्दलीय संर्घष समितिले अनिश्चितकालिन बन्द आह्वान गरेको हो । समितीले केबलकार निर्माण खारेज गर्न, सैन्यकरण फिर्ता गर्न र पक्राउ परेका आन्दोलनकर्मीको बिनासर्त रिहाइको माग गर्दै यातायात ठप्प पार्दै आएको छ ।

ताप्लेजुङको बन्द खुलाउन यातायात व्यवसायीको माग

 शनिबारदेखि बन्द रहेको यातायात व्यवसायीले ताप्लेजुङ पाथीभरामा जारी विवादका कारण बन्द यातायात अविलम्ब खुलाउन माग गरेका छन् । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघ, जिल्ला समन्वय समिति इलामले बिहीबार विज्ञप्ति जारी गरी तीन दिनसम्म पनि यातायात खुल्न नसक्दा व्यवसायीलाई अतिरिक्त भार परिरहेको जनाएको छ । नेपाल सरकारलाई २ सय ६० प्रतिशतसम्म भन्सार शुल्क बुझाएर चर्को मुुल्यमा बैंकबाट ऋण लिएर खरिद गरिएका सवारीसाधन चल्ने वातावरण नहुँदा मासिक किस्ता बुझाउन समेत समस्या हुने व्यवसायीहरुको गुनासो छ ।

बन्दले यातायात मजदुर र आश्रित परिवारमा समेत असर पर्ने व्यवसायीको भनाइ छ । महासंघले वार्ता र संवादका माध्यमबाट समस्या समाधान खोज्न राज्य र बन्दकर्तालाई अनुरोध समेत गरेका छन् । पाथीभरामा केबुलकार बनाउने विषयको विवादले स्थानीय र सुरक्षाकर्मीबीच पटकपटक विवाद र झडप हुँदै आएको छ । विज्ञप्तिमा महासंघका झापा, इलाम, पाँचथर र ताप्लेजुङ संयोजकले हस्ताक्षर गरेका छन् ।

धरानमा विरोध र आन्दोलन

मुक्कुमलुङ संरक्षण संघर्ष समिति, केबलकार खारेजी संघर्ष समिति, किरात याक्थुङ चुम्लुङ लगायतका विभिन्न संघ–संस्थाले केवलकार निर्माण तत्काल रोक्न माग गर्दै आन्दोलित भएको बेला अशोक राईले नेतृत्व गरेको जनता समाजवादी पार्टीले समेत केवलकार निर्माणको विरोध गर्दै निर्माणको काम नरोकिएसम्म निरन्तर आन्दोलन गर्ने चेतावनी दिएका छन् । उनीहरुले केवलकार निर्माणको विरोध गर्दै धरानमा विरोध सभाको आयोजना गरे । पार्टीको धरान नगर कमिटीले आयोजना गरेको विरोधसभामा पार्टीका कोचिला राज्य समितिका अध्यक्ष तेजनारायण चौधरीले सरकारले विकास निर्माणको काम गर्दा स्थानीयहरुसँग छलफल र सहकार्य गरेर गर्नुपर्ने प्रावधान संविधानमै उल्लेख गरिएको भएपनि बलजफत ढंगबाट निर्माणको काम शुरु गरेको आरोप लगाए ।

301237839-775165910202031-1577179248258595507-n (1)

उनले एउटा व्यक्तिको फाइदाका लागि पाथीभरा मन्दिर आपसासका सबैको रोजीरोटी खोसिने गरी आएको योजना आफूहरुलाई मान्य नहुने भन्दै यसको विरुद्धमा निरन्तर आन्दोलन गर्ने चेतावनी दिए ।यस्तै पार्टीका सुनसरी सदस्य मदन तामाङले यो आन्दोलर्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरको चासो बढिरहेको बताउदै पाथीभराको संरक्षणको लागि धरान लगायत सबैतिर खबरदारी निरन्तर गरिहने बताए । यस्तै केवलकार बनिरहँदा त्यहाँका स्थानीय बासिन्दाको रोजीरोटीको विषयमा पनि सरकारले ध्यान दिनुपर्नेमा त्यसलाई वेवास्ता गर्दै राज्य एउटा व्यक्तिको स्वार्थका लागि एकोहोरो ढंगबाट अगाडि बढेको पार्टीकी धरान नगर अध्यक्ष कौशिला चेम्जोङले आरोप लगाइन् ।अहिले ताप्लेजुङको पाथीभरा क्षेत्रमा निर्माणाधीन केवलकार परियोजनाविरुद्धको आन्दोलन तीब्र बन्दै गएको छ ।

उनीहरुले मंगलबारबाट गरेको बन्द हड्ताल जारी राखेका छन् । उनीहरुले जारी राखेको बनदका कारण मेची राजमार्ग र तमोर करिडोर ताप्लेजुङदेखि पाँचथरको फिदिम, इलाम र झापाको चारआली क्षेत्र प्रभावित बनैको छ । सो अवसरमा कोशी प्रदेश सरकारले वार्ताको आवहान गरिरहेको बेला संघर्ष समितिहरूले सरकार र परियोजना प्रवद्र्धक आइएमई समूहका अध्यक्ष चन्द्र ढकाललाई केवलकार निर्माण रोक्न पटकपटक आग्रह गर्दा पनि वेवास्ता गरेपछि उनीहरु अझ आक्रोसित बनेका छन् । यस बीचमा पाथीभरा केवलकारको विरोधमा सक्रिय ‘नो केबलकार समूह’ का अगुवा एवम् पहिचानवादी नेता प्रदीप मादेनलाई जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले पक्राउ गरेपछि उनीहरु थप आन्दोलित बनेका हुन् ।