धरान/२५ औं अन्तराष्ट्रिय आमान्त्रण बुुढासुुब्बा गोल्डकपको दोस्रो दिनको खेलमा धरानलाई हराउदै खार्साङ सेमीफाईनलमा प्रवेश गरेको छ ।  धरानमा जारीे अन्तर्राष्ट्रिय आमन्त्रण गोल्डकप प्रतियोगिता अन्तर्गत दोस्रो दिन भएको प्रतियोगिताबाट आयोजक धरान पहिलो चरणबाट बाहिरिएको हो । धरान १६ रंगशालामा भएको प्रतियागिता अवधिभर दुवै टिमबाट एक÷एक बराबरीमा टुंगिएपछि युनाइटेड खार्साङ फुटबल क्लबले धरान फुटबल क्लबलाई सडनडेथको आधारमा पराजित गरेको हो ।खेल शुरु भएको १७ औ मिनेटमा खार्साङका खेलाडी खेमराज भुजेलले वीरन प्रधानको पासमा एक गोल गर्दै आफ्ना् टिमको खाता खोलेका थिए ।

खेलको ४४ औं मिनेटमा धरानका विनोद राईले वान भर्सेस वानमा १ गोल गर्दै खेल बराबरीमा पु¥याएका थिए । त्यसयता दुवै टिमबाट गोल हुन नसकेपछि खेल टाइबेकरमा धकेलिएको थियो ।टाइबेकरमा समेत दुवै टिमबाट ५/५ गोल भएपछि खेल सडन डेटमा पुगेको थियो सडन डेथमा धरानका तर्फबाट राजलाल थापाले गोल गरेका थिए भने मनोज राईले हानेको गोल गोल रक्षकले बचाएका थिए । यता खर्साङका तर्फबाट प्रविन राई र हेमराज भुलले हानेको प्रहार गोलमा परिणत भएका थियो ।

Hissan-basketball-game_1738043639

आजको दोस्रो खेलको म्यान अफ द म्याच खर्साङका हेमराज घोषित हुदै नगर १० हजार, ट्रफी र प्रमाणपत्र हात पारे । भोलिको खेल तेस्रो क्वाटरफाइनल खेल राजा क्लब इटहरी र भुटानको आरटिसीएफटी बीच हुने आयोजकले जनाएको छ ।पाँच÷पाँच पटक बुढासुब्बा गोल्डकपमा पुगेर पनि हार व्यहोर्दै आएको आयोजक धरान फुटबल क्लबले तीन जना विदेशी खेलाडीहरुलाई क्लबबाट खेलाए पनि २५ औ संकरणमा पहिलो खेलबाटै बाहिरिएको छ । घरेलु मैदानमा समेत पटक पटक हार व्यहोर्नुलाई खेल कमजोर नभई भाग्यले साथ नदिएको क्लबका अध्यक्ष प्रताव तामाङले जानकारी बताए ।

301237839-775165910202031-1577179248258595507-n (1)