धरान /मुकुम्लुङ पाथीभरामा केबलकार निर्माणको विवादको आन्दोलन वार्ताको टेबुलमा पुगेको छ । प्रहरीबाट प्रदर्शनकारीलाई लागेको गोली प्रहारको घट्ना चर्किदै गएपछि सरकारले गृह मन्त्रालय मार्फत वार्ता टोली गठन गरी आन्दोलनकारीलाई बोलाएपछि सबैको ध्यान काठमाडौँ केन्द्रित भएको हो । पहिलो चरणको आज सोमवार हुने वार्ताले नै सबै कुरा टुङ्गो लगाउने सम्भावना भने छैन । तथापि वार्ताको टेबुलमा अघि बढेपछि समस्याको समाधान तर्फ अघि बढ्ने सम्भावनाको सङ्केत भने देखिएको छ ।

आन्दोलनकारीहरु अहिले पनि लिम्बुवानका सहरहरूको नाका नाका सडकमै छन् । ताप्लेजुङ नाकाबन्दीबाट कोशी प्रदेशको यातायात बन्द रहेको २ दिन भयो । यस क्रममा कम्तीमा पनि दुई दर्जन कार्यकर्ताहरुलाई प्रहरीले पक्राउ गरेको छ । उनीहरू अहिले सम्म छुटेको छैनन् । सम्भवतः राज्य पक्षले वार्तामा आन्दोलनकारीले पक्राउ परेकालाई रिहा गर्नुपर्ने सर्त राख्छन् भनेर मुक्त नगरेको हुनसक्छ । आजको वार्ताको पहिलो बुँदा पक्राउ परेकाहरु तत्काल रिहा बन्न सक्छ ।

301237839-775165910202031-1577179248258595507-n (1)

मुक्कुमलुङ आन्दोलनमा यसअघि समेत ताप्लेजुङमा पक्राउ परेका ७ जना रिहा भएका छैनन् । पक्राउ गरिएकाहरूमा प्रकाश लाबुंङ, नामसाहांग लिम्बू, सन्गेश लिम्बू, सुकबीर लिम्बू, आदीतेय फीयाक, धन कुमार लिम्बू, पदम बेघा, सञ्जय ताजपुरीया छन् । दमकमा ३ जना पक्राउ परेका छन् । दाक(१ का पदम बेघा, दमक(२ का धनकुमार योङहाङ र दमक(१ का सुक बहादुर लिम्बु छन् । उनीहरूलाई इलाका प्रहरी कार्यालय दमकमा राखिएको छ ।

धरानमा ६ जनालाई पक्राउ गरिएको छ । जसपाका नेता सुमन चेम्जोङ सहित धरान(१२ का सरिन घले, धरान १० का विशन राई, धरान(१५ का योगेश तामाङ, धरान(१५ का संदिप लिम्बु, धरान(१५ का दिवस राई पक्राउ परेका छन् । सरकार पक्षबाट वार्तामा गृह मन्त्रालयका सहसचिव प्रेमप्रसाद भट्टराईको संयोजकत्वमा गठन भएको वार्ता टोली र आन्दोलनकारी पक्षबाट संयोजक प्राज्ञ अमर तुम्याहाङ, शङ्कर लिम्बु, राम मादेन र सरस्वता सिंगक लिम्बु सदस्य रहेको टोली वार्तामा बस्दै छन् ।