धरान/होलील्याण्ड ईन्टरनेशनल स्कूलले आफ्नो २८ औं स्थापना दिवस तथा अभिभाबक दिवस विधित् कार्यक्रम गरी मनाएका छन् । धरान १५ मा अबस्थित ईन्टरनेशनल स्कुलले आफ्नो बार्षिकोत्सबका अवसरमा विधित् कार्यक्रम गरी मनाएको हो । स्कुलले बुधवार एक कार्यक्रमको आयोजना गरी पूर्व विद्यार्थीहरुलाई सम्मान समेत गरेको छ । कार्यक्रमका प्रमुख अतिथि कोशी प्रदेशका माननीय रमेश कुमार वस्नेतले सम्मान पत्रले सम्मान गरेका थिए ।

02 1

प्रमुख अतिथि कोशी प्रदेशका माननीय रमेश कुमार वस्नेतल होलील्याण्डको बारेमा बोल्दै स्कुलमा अध्ययन गरेका विद्यार्थीहरु विभिन्न क्षेत्रमा योगदान गरेका विद्यार्थीहरुलाई स्कुलले सम्मान गरेको थियो । आफ्नो विद्यालयमा अध्ययन गरेका विद्यार्थीहरु स्वास्थ्य तथा विभिन्न सरकारी क्षेत्रमा प्रवेश गर्नेहरुलाई सम्मान गरीएको स्कुलका निर्देशक अर्जुन मेन्याङ्वो जानकारी दिए । स्कुलले हरेक वर्ष वार्षिक उत्सवका अवसरमा विभिन्न कार्यक्रमहरुको आयोजना गर्दै आएको छ ।

उक्त कार्यक्रममा २०८० सालको वार्षिक परीक्षामा पहिलो, दोश्रो र तेश्रो हुने नर्सरी देखि कक्षा–११ सम्मका बिद्यार्थीहरु र बार्षिक खेलकुदमा उत्कृष्ट हाउसलाई पुरस्कार र प्रमाण–पत्र बितरण गरिएको थियो । कार्यक्रमका प्रमुख अतिथि माननीय रमेश कुमार वस्नेतले नीजि स्कुलहरुले औपचारीक शिक्षाका लागि मात्र नभएर विद्यार्थीरुको सर्वाङ्गिण विकासको लागि काम गरीरहेको वताए ।

6

वस्नेतले समाजबाट हराउदै गएको संस्कृतिको संरक्षणमा पनि नीजि विद्यालयको महत्वपूर्ण भूमिका रहेको वताए । उनले शिक्षा क्षेत्रमा ठूलो योगदान पु¥याएको वताउदै समुदायमा शिक्षाको प्रभाव छरेको दावी गरे । उनले समुदायसंग मिलेर नीजी विद्यालयहरु अघि वढेको वताउदै पढाईका अतिरिक्त विभिन्न क्षेत्रमा समेत नीजी विद्यालयले विद्यार्थीहरुलाई अघि वढाएको उल्लेख गरेका थिए ।

धरानमा अन्य क्षेत्रका भन्दा फरक विशेषता भएका कलेजहरु भएको कारण पनि धरानलाई शैक्षिक हवको रुपमा मानिएको वस्नेतको भनाई रहेको छ । कार्यक्रममा बिद्यार्थीहरुले आकर्षक नृत्य, र गीत प्रस्तुत गरि अभिभावकहरुलाई भरपुर मनोरन्जन प्रदान गरेका थिए । स्कुलका अध्यक्ष खगेन्द्र मेन्याङ्वोको अध्यक्षतामा भएको सो कार्यक्रममा स्कुलका प्रिन्सिपल राजकुमार लिम्वुले स्वागत गरेका थिए ।

कायक्रममा स्कुलका निर्देशक अर्जुन मेन्याङ्वोले राष्ट्रलाई आवस्यक पर्ने दक्ष जनशक्ति उत्पादन गर्दै आएको वताए । कार्यक्रमको संचालन हरीनारायण बास्कोटा र शारदा श्रेष्ठले संयुक्त रुपमा संचालन गरेका थिए । 


64