धरान/ धरानमा १५ दिने बिजिनेश एक्स्पो हुने भएको छ । धरान रंगशालामा शनिबार देखि एक्स्पो शुुुरु हुने भएको हो । उद्घाटनमा कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कार्र्की आउने आयोजकले जनाएको छ । विजिनेश एक्स्पो फागुन १० गतेसम्म सञ्चालन हुनेछ । धरानको व्यापार व्यवसायलाई चलायमान बनाउन र स्थानीय व्यापारिक उत्पादनलाई प्रवर्धन गर्दै धरानको आन्तरिक पर्यटनलाई वृद्धि गर्ने उदेश्य सहित विजिनेश एक्स्पो धरान २०८१ प्रारम्भ गरिएको नेपाल उद्योग तथा व्यवसायी महासंघ धरानका अध्यक्ष शिवराज श्रेष्ठले जानकारी दिए ।
शनिबार बिहान ११ बजेबाट प्रारम्भ हुने एक्स्पोमा आमसर्वसाधारणलाई समेत निशूल्क प्रवेश गराइने विजिनेश एक्स्पो धरान २०८१ मूल समितिका संयोजक राजेश अग्रवालले जानकारी दिए । साँझ सांस्कृतिक कार्याक्रममा भने कलाकारको उपस्थिति अनुसार न्युनतम शुल्क राखिएको भएपनि अन्य समयमा कुनैपनि प्रकारको शुल्क नलिने अग्रवालले बताए ।

मुख्यकुरा धरानको सुस्त बजारलाई चलायमान बनाउनु हो धरानको व्यापारी तथा व्यवसायीहरुलाई खुशी बनाउनु हो अर्थोपार्जन होइन संयोजक अग्रवालले भन्नुभयो ।आम सर्वसाधारण र व्यवसायीहरुको अवस्थालाई मध्यनजर गर्दै सस्तो जुत्ता मेला, आदिवासी जनजाती परिकारहरुको प्रवर्धन स्थानीय उद्योगी व्यवसायीहरुका उत्पादनको बजारीकरण, गार्मेन्टका उत्पादनहरुलाई सरल मुल्यमा उपलब्धता तथा प्रतिभाहरुलाई मञ्च प्रदान गर्न यो एक्स्पोले योगदान गर्ने सहमुल समितिका संयोजक टंककुमारी गुरुङले बताईन् ।
१५ दिने एक्सपोमा राजेशपायल राई, सुगम पोख्रेल, मिलन नेवार, तृष्णा गुरुङ लगायतका राष्ट्रिय कलाकारहरु र स्थानीय कलाकारहरुको प्रस्तुती रहनेछ । लोक बाजाहरुको अर्केष्ट्रा, ब्रिटिश गोर्खा व्रिगेड ब्याण्डको प्रस्तुती र स्थानीय डान्स सेन्टरहरुको प्रस्तुति रहनेछ । आगन्तुकहरुको मनोरन्जनका लागि खेलतमासा, रोटेपिङ, नाउँ तथा बालबालिकाहरुका लागि समेत मनोरन्जनात्मक सामग्रीहरु राखिएको संयोजक टंककुमारी जानकारी दिइन् ।
एक्पो अवधिमा समय व्यवस्थापन गर्दै धरानको शिक्षा, स्वास्थ्य, पर्यटन, उद्योग र सञ्चार क्षेत्रको विकास र सम्भावनाका बारेमा अन्तक्र्रियात्मक डिवेट समेत गरिने महासंघका अध्यक्ष शिवराज श्रेष्ठले बताए ।




















