धरान /धरानमा कोशी प्रदेश प्रिमियर लिग फुटबल सोमबारबाट धरानमा शुुरु भएको छ । धरान रगशालामा सुरु भएको खेलमा उदयपुरको गाईघाट फुटबल क्लब र ताप्लेजुङको प्रगतिशिल युवा क्लब विजयी हुँदै आ–आफ्नो समहुको शिर्ष स्थानमा उक्लिएका छन् । पहिलो खेलमा गाईघाट फुटबल क्लबले भाजपुरको लाइबेरी फुटबल क्लबलाई ३–० गोल अन्तरले पराजित गर्दै तीन अक सहित समुह बीको शिर्ष स्थानमा रहेको छ । गाईघाटको जितको लागी प्रविन राईले दुई गोल गरेका थिए भने प्रितम चौधरीले एक गोल थपेका थिए । खेलको म्यान अफ द म्याच घोषित हुँदै प्रविन राईले नगद ५ हजार सहित ट्रफि हात पारे ।

त्यस्तै सोमबार भएको दोस्रो खेलमा सुनसरीको धरान फुटबल क्लबलाई २–१ गोल अन्तरले पराजित ताप्लेजुङको प्रगतिशिल युवा क्लब तीन अक सहित समुह डी को शिर्ष स्थानमा रहेको छ । प्रगतिशिलको जितका लागी सबिन तामाङ र अनुप सेन्दोङले गोल गरेका थिए भने धरान फुटबल क्लबका सबिन राईले एक गोल फर्काएका थिए । खेलको म्यान अफ द म्याच प्रगतिशिल युवा क्लबका सविन तामाङ घोषित हुँदै नगद ५ हजार पुरस्कार प्राप्त गरेका थिए ।

301237839-775165910202031-1577179248258595507-n (1)

कोशी प्रदेश फुटबल सघको आयोजनामा फागुन ८ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा ११ जिल्लाका जिल्ला लिग च्याम्पियनहरुको सहभागीता रहेको कोशी प्रदेश फुटबल सघका अध्यक्ष किशोर राईले जानकारी दिनुभयो । यस प्रतियोगिताको विजेता र उपविजेता टिम राष्ट्रिय लिगको छनौटका लागि हुने अन्तरप्रादेशिक लिग खेल्न छनौट हुनेछन् । प्रतियोगिताको विजेताले २ लाख, उपविजेताले १ लाख ५० हजार, तेस्रो हुने टिमले १ लाख २५ हजार र चौथो हुने टिमले १ लाख नगद पुरस्कार प्राप्त गर्नेछन् ।

प्रतियोगिताको उद्घाटन कोशी प्रदेशका वन, वातावरण तथा पर्यटन मन्त्री षडानन्द मण्डलले गर्नुभएको थियो । उद्घाटन कार्यक्रममा बोल्दै मन्त्री षडानन्द मण्डलले धरानमा खेल पर्यटनको अपार सम्भावना भएको भन्दै त्यसै अनुसार प्रदेश सरकारले योजना बनाउने बताए । कोशी प्रदेश फुटबल सघका अध्यक्ष किशोर राईले फुटबल खेल व्यवसायीक रुपमा विकास हुँदै गइरहेको बताए ।