धरान/बिजिनेश एक्स्पोको आज चौंथो दिन चर्चित गायिका तृष्णा गुरुङको प्रस्तुुती रहेछ । कलाकार गुुरुङ एक्स्पोमा तिम्रो नाम के हो भनन भन्थे धराने युवाहरुको नाम सोध्ने भएकी छिन् । धरानमा जारी विजिनेश एक्स्पोको आज चौथो दिन तृष्णा गुरुङले मञ्चबाट युवाहरुको नाम सोध्ने भएकीहुन् । यस समयकी चर्चित गाियिका उनको ब्याण्ड “तृष्णा गुरुङ एण्ड द कोल्याब” संगै धरान आइसकेकिछिन् ।

img-20250210-wa0000

अहिलेसम्मका प्रस्तुतमा सबै कलाकारहरुले ट्र्याकमा प्रस्तसति दिएकाछन् तर तृष्णाले भने लाइभ बाध्यबादन सहित ब्याण्ड सहित मञ्चमा उत्रिनेछिन् । आजको प्रस्तुतिले एक्स्पोको माहोल तताउने छ भने धराने दर्शकलाई मैदानमा नचाउने छन् । साँझ ५ बजेदेखि हुने सांगीतिक कार्यक्रममा स्थानीयको प्रस्तसतिसंगै करिव ८ बजे गायीका तृष्णा गुरुङ र उनको ब्याण्डसंगै स्टेज चढ्ने सांगीतिक कार्यक्रमका इभेन्ट म्यानेजमेन्ट प्रमुख शौरभ श्रेष्ठले जानकारी दिएका छन् । 

301237839-775165910202031-1577179248258595507-n (1)

नेपालको चर्चित रियालिटी शो द भाइसका निर्णायक बनिसकेकी तृष्णा गुरुङको “माया पिरती, खाने हो यमुना, गाइने दाइ नाम के हो भनन, सुन कान्छा” जस्ता सदाबहार जर्चित गीतहरु लोकप्रिय छन् । नयाँ पुस्ता माझ लोकप्रिय गायिका तृष्णाले पूर्वका दर्शकहरुसंग प्रत्यक्ष भेटघाट गर्न भने कमै मौका पाएकीछिन् । आजको उनको प्रस्तुतिले धेरै उनका फ्यानहरुलाई राहत हुने एक्स्पो मुल व्यवस्थापन समितिका संयोजक राजेश अग्रवालले बताए ।

धरानको व्यापार व्यवसायलाई चलायमान बनाउन र स्थानीय व्यापारिक उत्पादनलाई प्रवर्धन गर्दै धरानको आन्तरिक पर्यटनलाई वृद्धि गर्ने उदेश्य सहित विजिनेश एक्स्पो धरान २०८१ प्रारम्भ गरिएको नेपाल उद्योग तथा व्यवसायी महासंघ धरानका अध्यक्ष शिवराज श्रेष्ठले जानकारी गराउनुभयो । फागुन १० गतेसम्म सञ्चालन हुने एक्स्पोमा प्रत्येक दिन चर्चित कलाकारहरु प्रस्तुत गरिएको पनि श्रेष्ठले जानकारी गराउनुभयो ।