विराटनगर/ प्रादेशिक आम सञ्चार विधेयकको कमीकम्जोरी सच्याएर सहमतिमा पारित गर्ने कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले बताएको छ । प्रदेश सरकारले प्रदेश सभामा प्रस्तुत विधेयकमा प्रेस स्वतन्त्रतामा नियन्त्रण गर्ने सरकारी निकाय खडा गर्ने खालको प्रावधानहरू भएको प्रदेश सभामै सांसदहरूले गरेको आलोचना तर्फ सङ्केत गर्दै उनले भने ‘विधेयकमाथि पर्याप्त छलफल गरेर सहमतिमा पारित गरिनेछ ।’

प्रेस चौतारी कोशी प्रदेश दोस्रो अधिवेशनको उद्घाटन कार्यक्रममा बुधवार मुख्यमन्त्री कार्कीले प्रदेश सभामा पेस भएको प्रादेशिक सञ्चार विधेयकमा कमीकम्जोरी भए सच्याएर अघि बढ्ने प्रतिबद्धता व्यक्त गरेका हुन । अहिले सङ्घीय सरकारले जारी गर्ने भनिएको अध्यादेशको प्रसङ्ग निकाल्दै मुख्यमन्त्री कार्कीले भने ‘अहिले अध्यादेशको विषयमा अनावश्यक रूपमा बखेडा झिक्न खोजिएको छ ।’

Jutta Chappal Mela_1739253047

सरकारले ल्याउने विधेयकका विषयमा दलका नेताहरूले पनि विरोध गरिरहेको सुनिन्छ तर अध्यादेश संवैधानिक हो । सदनबाट पारित नभए खारेज हुन्छ तर अध्यादेश ल्याउनै नपाउने भन्न नहुने उनको भनाई छ । यस अघिका सरकारहरू र प्रदेश सरकारहरूले पनि अध्यादेश ल्याउने गरेको चर्चा गर्दै मुख्यमन्त्री कार्कीले आगामी दिनमा सरकार चलाउनेहरूले अनावश्यक रूपमा विधेयकहरूको विरोध गर्न नहुने बताए ।

कोशी प्रदेशको विकास निम्ति प्रदेश सरकारले प्रदेशको पर्यटन विकासका लागि पदमार्गहरू निर्माणको काम शुुरु गरिएको मुुख्यमन्त्री कार्कीले जानकारी गराए ।  प्रदेश सरकारले २९ वटा पालिका जोड्ने गरीको दातृ निकायसँगको सहकार्यमा ४ वटा पदमार्ग निर्माणको काम शुुरु गरिएको मुुख्यमन्त्री कार्कीले बताए । 

301237839-775165910202031-1577179248258595507-n (1)