धरान / जनयुद्ध दिवसको अवसरमा बोल्दै धरान उपमहानगरपालिकाका उपप्रमुख तथा माओवादी केन्द्र प्रदेश सचिवालय सदस्य अईन्द्र विक्रम बेघाले माओवादी ‘१० बर्षे  जनयुद्ध’ कै कारण आएको परिवर्तन, उपलब्धि र तथ्यलाई कसैले इन्कार गर्न नमिल्ने बताएका छन । ३०औँ जनयुद्ध दिवसको अवसरमा बिहीबार साँझ दीप प्रज्वलन गर्दै उनले जनयुद्धबाट आएको अहिलेको परिवर्तनलाई बाह्य तत्त्वले लत्त्याउन खोजेको बताएको हो । 

‘जनयुद्धको जगमा जुन अधिकार स्थापित भएका छन् ती अधिकार र उपलब्धि राष्ट्रका साझा सम्पत्ति हुन् । नेकपा माओवादीले नेतृत्व गरेको भए तापनि जनयुद्ध पहिचान, अधिकार, मुक्ति, न्याय र स्वतन्त्रता चाहने सम्पूर्ण मुक्तिकामी एवं परिवर्तन प्रेमी नेपालीहरूको साझा दिवस हो, सबैले मानौ, जनयुद्धबाट आएको परिवर्तनले हामी बोल्न, लेख्न पाइरहेका छौँ’ उपमेयर बेघाले भने ।

जनयुद्धको जगमा नेपालमा राजनीतिक परिवर्तन र महिला, दलित, जनजाति र पिछडिएको वर्गका जनताले प्रत्यक्ष हक, अधिकार र वाक स्वतन्त्रता पाएको भन्दै उनले “जनयुद्ध भएकोमा सबै वर्ग समुदाय तह र तप्काले गर्व गर्नुपर्ने उपमेयर बेघाको तर्क थियो । आफूले जनयुद्ध लडेर आएको परिवर्तनले आफैलाई गर्व लागेको समेत उपमेयर बेघाले बताए । जनयुद्धले स्थापित गरेको मूल्य र मान्यता वरिपरि यो देश रहन गएको छ। तर, बाह्य शक्ति सलबलाउँदै जनयुद्धबाटै आएको परिवर्तनलाई टेकेर सत्ता र शक्तिमा पुगेर जनयुद्धकै बर्खिलाप गरेको बताए। ‘समग्र जनयुद्ध र यसको विभिन्न पाटापक्षका बारेमा देशभित्र र बाहिर विभिन्न कोणबाट अध्ययन, अनुसन्धान, छलफल, बहस, टिप्पणी लामो कालसम्म भई नै रहनेछन् । यो स्वाभाविक छ ।’

301237839-775165910202031-1577179248258595507-n (1)

नेपाली समाजका सबै उत्पीडित वर्ग र समुदायमा आफ्नो मुक्तिको निम्ति व्यापक चेतना तथा जागरणको विस्तार र आज संस्थागत भएको ऐतिहासिक परिवर्तन तथा उपलब्धिका निम्ति माओवादी जनयुद्धको नै मुख्य भूमिका रहेको बताए । उनले थपेका छन्, ‘हामी सबैलाई जनयुद्धको मुख्य भूमिका र सबै लोकतान्त्रिक शक्तिहरूसँगको सहकार्य एवं संयोजनमा भएको ऐतिहासिक जनआन्दोलनको परिणामस्वरूप प्राप्त भएको समाजवाद उन्मुख समावेशी सङ्घीय लोकतान्त्रिक गणतन्त्र तथा त्यसलाई संस्थागत गरिएको संविधानको रक्षा, राजनीतिक परिवर्तनलाई सामाजिक आर्थिक क्षेत्रमा विस्तार गरी सामाजिक न्याय सहितको समृद्धि हासिल गर्दै समाजवादको आधार तयार र अन्ततः वैज्ञानिक समाजवादको निर्माणको लागि दृढ सङ्कल्पका साथ क्रान्तिकारी आन्दोलनमा क्रियाशील हुन प्रेरित गरोस् ।’

उनले सङ्क्रमणकालीन न्यायसँग सम्बन्धित शान्ति प्रक्रियाको बाँकी कार्यभार पूरा गर्न ध्यान केन्द्रित गर्नुपर्नेमा जोड दिए । राष्ट्रिय सार्वभौमिकता, भौगोलिक अखण्डता, स्वाधीनता, स्वाभिमान र हितको रक्षा गर्दै उक्त कार्यभार पूरा गर्ने जिम्मेवारीको काँधमा रहेको बताए । वाईसिएल नेपाल धरान उपमहानगर कमिटी र अखिल क्रान्तिकारी धरान उपमहानगर कमिटीको संयुक्त आयोजनामा भानुचौकमा भएको दीप प्रज्वलनको अध्यक्षता वाईसिएल धरान नगर समितिका अध्यक्ष दीपक घिसिङले गरेका थिए भने कार्यक्रम सञ्चालन विद्यार्थी नेता बुद्रोस लिम्बुले गरेका थिए ।

दीप प्रज्वलनमा पार्टीका केन्द्रीय सदस्य प्रमिला थेबे, अजम्बर काङमाङ प्रदेश सदस्य लक्ष्मी प्रभान, नगर इन्चार्ज फोक्सुहाङ मेन्याङवो ९चोत्लुङ०, नगर अध्यक्ष उद्धव लिम्बु,नगर पदाधिकारीहरू लगायतका नेता तथा कार्यकर्ताहरू एंव शुभचिन्तकहरूको बाक्लो उपस्थिति थियो । माओवादी धरान नगर समितिले बिहान रक्तदान कार्यक्रम गरेसँगै दिनभर सहिदहरूका परिवारसँग भेटघाट गर्दै आर्थिक सहयोग सहित घरघरमा गई परिवारहरूसँग भेटघाट सहित साक्षात्कार गर्दै साँझ दीप प्रज्वलन गरी समापन गरेको हो । 

Jutta Chappal Mela_1739253047